सूचनाको शक्ति - The Power Of Information

        

आजकाे माैसम :

पहाडी क्षेत्रका केही ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाण्डौमा पनि दिउँसो पानी पर्ने

आज बिहान कोशी, बाग्मती र गण्डकी प्रदेशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको छ।

दिउँसो र राति पनि यी प्रदेशका केही ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । मौसमविद् गोविन्द झाका अनुसार आज पहाडी क्षेत्रका केही ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

यस्तै, अन्य क्षेत्रका एक/दुई ठाउँमा पनि हल्कादेखि मध्यम वर्षा हुने उहाँले बताउनुभयो। काठमाण्डौमा पनि दिउँसो पानी पर्ने अनुमान छ । तर, आज लगातार झरी पर्ने सम्भावना भने नरहेको मौसमविद् झाले बताउनुभयो ।

उहाँका अनुसार अहिले देशका धेरै ठाउँको मौसम आंशिकदेखि सामान्य बदली छ।

प्रकाशित मिति : १२ भाद्र २०८०, मंगलवार ०८:१९