अभिनेता सारुक ताम्राकारको मृत्युसँगै नायिका नम्रता श्रेष्ठ विवादमा तानिएकी छिन् । सारुकको मृत्युमा नम्रताकै हात रहेको भन्दै मिडिया देखी दर्शक सम्मले उनको आलोचना गरिरहेका छन् ।
दर्शकको आलोचनालाई गम्भीर रुपमा हेर्दै अब सहन नसक्ने उनको भनाइ छ । सामाजिक सञ्जाल मार्फत वास्तविक सूचना बाहिर ल्याउने भन्दै उनले फिल्म ह्यासट्याग मायाको छायाङ्कन देखि विवाद सम्मका केही तथ्यहरू बाहिर ल्याएकी छिन।
नम्रताले सञ्जाल मार्फत दिएको स्पष्टीकरण यस्तो छ :
सम्पूर्ण देश तथा विदेश मा रहनु भएका आदरणीय आमाबुबा, दाजुभाइ दिदीबहिनी नातेदार,इष्टमित्र, दर्शक तथा शुभचिन्तक हरू मा हार्दिक नमस्कार ????धेरै समय पछि सामाजिक सञ्जाल मार्फत केही वास्तविक सूचना हजुरहरू माझ प्रवाह गर्न जाँदै छु ! सन्दर्भ नेपाली चलचित्र ‘# MAYA’ छायाङ्कन को क्रम मा सोही चलचित्र का कलाकार तथा नायक सारूक ताम्राकार आफ्नै घर मा झुण्डिएर आत्मा हत्या गरी निधन भएको खबर ले सम्पूर्ण चलचित्र जगतलाइ दुखी तुल्याएको छ, सर्वप्रथम स्वर्गीय कलाकार सारूक को निधन प्रति हार्दिक श्रद्धाञ्जली तथा शोकशनतप्त परिवार प्रति गहिरो समवेदना व्यक्त गर्न चाहन्छु .. स्वर्गीय कलाकार एक सम्भावना बोकेका कलाकार थिए ऊनी सहयोगी भावना भएका मिलनसार व्यक्ति थिए। यो घटना ले हामीलाई अचम्मित तुल्याएको छ..
यस दुखद घडीमा मृत आत्मा को चिर शान्तिको कामना गर्दछु! यो घटना केही दिन पहिले घटेको हो तर अहिले आएर सामाजिक सञ्जाल मार्फत म केही बोल्न बाध्य भए, सामान्य अवस्थामा पनि तेतीसारो मिडिया मा आउने मान्छे होइन म तर हाल यो घटना पश्चात् एकलौटी रूप मा विभिन्न मिडिया मार्फत कपोकल्पित समाचार हरू लेख्न र लेखाउन केही अनलाइन मिडियाहरू, केही सिने कर्मी र केही पदाधिकारीहरू पूर्वाग्रही हिसाब ले लाग्नु भएको थियो, मेरो परिवार र हाम्रो कानुनी टिम ले त्यो किसिम को हर्कत लाई नजिक बाट नियालिरहेका थियौ,एक जना महिला भएकै कारण यती धेरै सामाजिक आक्रमण भएको होला सायद किनकि यो पुरुष प्रधान समाज हो ठिकै छ ..
मेरो मौनता लाई कमजोरी नठान्न अपिल गर्दछु , म एक महिला मात्र नभएर कलाकार पनि हो अनि नेपाली नागरिक ..
हरेक नेपाली नागरिक को बाच्ने पाउने नैसर्गिक अधिकार हुन्छ सायद यो देश मा कानुन मरेको छैन..यो कानुनी राज्य हो झुट को खेती गर्नु हुने सबै दिग्गज महानुभाव हरू लाई सत्य को बाटो हिँड्न को लागी आग्रह गर्दछु , थुप्रै मिडियाहरू बाट कल आएको थियो मेरो फोन मेरो दादा सँग हुन्थ्यो , अहिले पनि मेरो परिवार ले नै HANDLE गर्नु हुन्छ तर मिडिया मा बोल्दा अनुसन्धान मा असर पर्छ भनेर मेरो परिवार बाट बोल्ने अनुमति भएन,मैले विभिन्न टेलिभिजन बाट लाइभ अन्तर्वार्ता दिन सक्थे तर विगतमा मैले दिएको INTERVIEW हरू लाई विभिन्न कुरा जोडेर तोडमोड गरियो TROLL बनाउने प्रयास भयो त्यस कारण यस बखत टेलिभिजन INTERVIEW मा आइन ..आवश्यक पर्दा दिउला त्यस मा कुनै संकोच छैन,यो घटना सँग जोडिएका FABRICATED समाचार र विभिन्न भिडियो हरू मेरो कानुनी टिम ले हेर्ने नै छ, म यस चलचित्र को एक कलाकार पनि थिए, सोही चलचित्र को कलाकार भएको कारण मैले प्रहरी प्रशासन ले बोलाइएको बेला उपस्थित भएर वास्तविक कुरा हरू बयान दिनु स्वाभाविक थियो होला तर यहाँ एकतर्फी रूप मा केही मुठ्ठी भर मान्छेहरू हात धोएरै लागे त्यो कुरा मिडिया मा सबैले पढ्नु भएकै छ, SUICIDE जस्तो संवेदनशील विषय लाई GLORIFY गर्नु उचित हुँदैन!पत्रकार देश को चौथो अङ्ग हो म उहाँहरू लाई सधैँ सम्मान गर्छु, स्वच्छ पत्रकारिता पत्रकार को धर्म हो.. तर केही पित्त पत्रकारिता गर्ने अनलाइन मिडिया हरू बाट यो घटना पछि VIEWS का लागी जुन कपोकल्पित समाचार हरू एकतर्फी रूप मा प्रसारण गरियो यस्ता तथ्यहीन समाचार प्रति म घोर भर्त्सना गर्दछु। यो किसिम का तथ्यहीन समाचार प्रति सम्पूर्ण देश विदेश मा रहनु भएका मेरा आफन्तजन ,प्यारा दर्शक र शुभचिन्तक हरू सचेत रहन हुन हार्दिक अनुरोध गर्दछु !म आफै पनि मेन्टल हेल्थ को SURVIVOR & ADVOCATE समेत भएकोले मैले सोचेँ कसैको यस्तो सम्वेदन्सिल विषय लाई मिडिया मा ल्याउन उचित ठानिन म TOTALLY घर अनि हस्पिटल तिर नै रहेँ , तर कपोकल्पित तबरले देशै छोडेर क्यानडा तिर गएको जस्ता फण्डा हरू फिँजाइयो जब की इन्डिया भन्दा बाहिर देश जाँदा भिसा चाहिन्छ, प्रहरी प्रशासन लाई बयान दिन जाँदा मेरो पासपोर्ट हेरेर प्रहरी अधिकारीहरू ले भन्नु भयो.. तपाई त विदेश तिर जानुभयो भनेर हङ्गामा थियो त मिडियाहरू तिर .. तर कतै भिजिट गरेको देखिन्न भनेर SURPRISE हुनु भयो.. चलचित्र मेकीङ टिम र मृतक का परिवार सँग मेरो परिवार का सदस्य हरू र सहयोगी ले सुरुका दिनहरू बाट पटक पटक सम्पर्क गर्न खोज्दा सम्पर्क मा आउनु चाहनु भएन..म आफू बिरामी नै थिए परिवार कै रेखदेख मा रहेँ.. जब मलाई प्रहरी प्रशासन बाट बोलावट भयो म तुरुन्त म प्रहरी कार्यालय हाजिर भए यो घटना सम्बन्धी डिटेल INQUIRY भयो जे जे यथार्थ थियो र हो सबै बताए..सो चलचित्र को मेकिङ टिम, कलाकार हरू सबै जना सँग सोधपुछ भइरहेको जस्तो लाग्छ.. किन की सो चलचित्र को कलाकार म मात्र थिइन। नेपाल प्रहरी विश्व कै टप 5 अनुसन्धान मा अब्बल प्रहरी हो भन्ने भनाइ छ,आसा छ यो घटना को सत्य तथ्य पक्कै पनि दूध को दूध पानी को पानी हुने गरी अनुसन्धान गर्ने छ भन्नेमा हामी पूर्ण आशावादी छौ..‘कोही अपराधी नउम्कयोस निर्दोष नफसोस् ‘ भन्ने भनाइ हो , जहाँ सम्म कालो बोका र बुटी को कुरा लाई फण्डा बनाइएको थियो अहिले को एक्काईसैं शताब्दी मा आएर यस्तो रुढीवादी कुरा गर्नु कतिको यत्ति सङ्गत हुन्छ होला ?? यो देश लोकतन्त्र पछि धर्मनिरपेक्ष मुलुक हो सबै लाई धर्म मान्ने स्वतन्त्रता छ..सबै ले मनन गरौँ , पूजा गर्ने गुरु को कुरा छ जुन चर्चा को नाम थियो उहाँ लाई समेत प्रहरी प्रशासन ले पहिले नै बयान लिई सकेको छ । अनुसन्धान लाई प्रभाव पार्ने काम कोही कसै बाट नगरौँ ‘JUSTICE FOR SARUK ‘ निष्पक्ष छानबिन होस, म र मेरो परिवार को तर्फ बाट प्रहरी प्रशासन लाई अनुसन्धान को सवाल मा पूर्ण सपोट रहने छ । अन्तमा मृतक को सम्पूर्ण परिवार लाई धैर्य धारण गर्ने शक्ति मिलोस्..आदरणीय पुराना वरिष्ठ कलाकार सानु ताम्राकार ज्यु बिरामी हुनुहुन्छ भन्ने सुनेको छु.. यदि सत्य हो भने शीघ्र स्वास्थ्य लाभ को गर्दछु ! चलचित्र मेकिङ टिम र मृतक को परिवार हरू प्रति मेरो भन्नु केही छैन, प्रशासन लाई सबै मिलेर अनुसन्धानमा बाधा नहुने गरी सहयोग गरौँ ।धन्यवाद !! श्री पशुपतिनाथ ले सबै को कल्याण गरुन्, सबै को जय होस ..
नम्रता श्रेष्ठ
काठमाडौँ, नेपाल ????????????????
मिति > 2080/05/11 गते सोमबार
मैले यो लेखेर पहिले नै पोस्ट गर्न तयार गरेको थिए किनकि REALITY बाहिर थाह होस भनेर..तर मेरो परिवार को सुझाव अनुसार प्रहरी अनुसन्धान मा बाधा पुग्ने भएकोले गरिन ..त्यही कुरालाई अहिले जस्ताको त्यस्तै पोस्ट गरेको छु ।
सत्यपाटी संवाददाता । काठमाडौँ