सूचनाको शक्ति - The Power Of Information

        

शेयर बजारमा सामान्य वृद्धि

सोमबार शेयर बजार परिसूचक नेप्सेमा एकल अंकको सामान्य वृद्धि भएको छ ।

सोमबार बजार परिसूचक नेप्से ५ दशमलव ९ अंकले वृद्धि भएर १९९८ दशमलव ४८ को विन्दुमा बन्द भएको छ । गत बिहीबार र आइतबार लगातार दुई कारोबार दिन गिरावट भएको नेप्से सोमबार भने सामान्य वृद्धि देखिएको हो ।

हाइड्रोपावर, उत्पादनमूलक, लघुवित्त र अन्य उपसूचकमा सामान्य गिरावट हुँदा अरु सबै उपसूचक बढेको छन् । अन्य उपसूचक शुन्य दशमलव २८ प्रतिशतले गिरावट हुँदा हाइड्रोपावर उपसूचक शुन्य दशमलव ९ प्रतिशतले गिरावट हो ।

होटल तथा पर्यटन उपसूचक ० दशमलव ८१ प्रतिशतले वृद्धि हुँदा विकास बैंक उपसूचक शुन्य दशमलव ७० प्रतिशत र व्यापार उपसूचक शुन्य दशमलव ६५ प्रतिशतले बढेको छ । यस्तै बैंकिङ उपसूचक शून्य दशमलव ५२ प्रतिशतले वृद्धि भएको हो ।

नेप्सेमा सामान्य सुधार देखिएपनि कारोबार रकममा भने सोमबार पनि गिरावट आएको छ । सोमबार कारोबार रकम १ अर्बबाट तल झरेको छ । ३१ हजार ५९९ वटा कारोबारमा ३६ लाख ७० हजार ७३१ कित्ता सूचीकृत धितोपत्र किनबेच हुँदा सोमबार ९८ करोड ८६ लाख रुपैयाँको कारोबार भएको छ ।

नेप्सेमा सोमबार कुल २२७ सूचीकृत कम्पनीको शेयर कारोबार हुँदा ११८ कम्पनीको सेयरमूल्यमा वृद्धि भएको छ । त्यस्तै, ९७ कम्पनीको शेयर मूल्यमा गिरावट हुँदा १२ कम्पनीको शेयर मूल्य स्थिर छ ।

सोमबार पनि कारोबार भएकोमध्ये कुथेली बुखारी हाइड्रोपावर कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट मूल्यमा बन्द भएको छ । स्वाभिमान लघुवित्तको शेयरमूल्य सर्वाधिक ४ दशमलव ३८ प्रतिशतले गिरावट भएको छ ।

प्रकाशित मिति : ११ भाद्र २०८०, सोमबार १७:५२