सूचनाको शक्ति - The Power Of Information

        

सर्पदंशबाट बाँकेमा एक जनाको ज्यान गयो

सर्पदंशबाट बाँकेमा एक जनाको मृत्यु भएको छ ।

जानकी गाउँपालिका वडा नम्बर ५ स्थित लोकतान्त्रिक प्राथमिक विद्यालय रामगाउँकी विद्यालय सहयोगी ३० वर्षीया सरिता चमारको उपचारको क्रममा भेरी अस्पताल नेपालगञ्जमा मृत्यु भएको हो ।

भदौ ५ गते राती ओछ्यानमा सुतिरहेको अवस्थामा चमारलाई सर्पले टोकेको थियो । विहान चमार गम्भीर अवस्थामा भेटिएपछि उपचारका लागि भेरी अस्पताल पुर्याइएको थियो ।

उपचारका क्रममा पाँच दिनपछि आइतबार राती करिब ८ बजेतिर उनको मृत्यु भएको भेरी अस्पतालले जनाएको छ ।

प्रकाशित मिति : ११ भाद्र २०८०, सोमबार १७:२४