‘जात्रा’ र ‘जात्रै जात्रा’को सफलतापछि यसको तेस्रो शृङ्खलाका रूपमा नेपाली चलचित्र ‘महाजात्रा’ बन्ने भएको छ । निर्माण कम्पनी षटकोण आर्ट्सले ‘महाजात्रा’ घोषणा गरेको हो ।
यसअघिका शृङ्खलामा रहेका कलाकारसँग यसपटक हरिवंश आचार्य पनि जोडिएका छन् । प्रदीप भट्टराईको लेखन तथा निर्देशनमा तयार हुने चलचित्रमा अभिनेता आचार्यसँगै विपिन कार्की, वर्षा राउत, रवीन्द्र झा लगायतका कलाकारले अभिनय गर्नेछन् ।
चलचित्रको छायाङ्कन दसैँलगत्तै हुने जनाइएको छ । चैत ९ मा प्रदर्शन मिति तय गरिएको निर्माण संस्थाले जनाएको छ । छायाङ्कन अगावै चलचित्रको नेपाल र भारतबाहेकको प्रदर्शन अधिकार बिक्री भइसकेको छ ।
सत्यपाटी संवाददाता । काठमाडौं