सूचनाको शक्ति - The Power Of Information

        

‘सुन’ भन्दा पहिले नागरिकताको ‘तस्करी’

सुन तस्करीसँग जोडिएका विदेशी व्यक्तिहरूको साथमा नेपाली नागरिता फेला पर्ने क्रम रोकिएको छैन ।

२०८० भाद्र १० गते आइतबार साँझसम्म जिल्ला प्रशासन कार्यालय काभ्रेबाट ६ विदेशी नागरिकले फर्जी कागजात तयार गरी नागरिकता र राहदानी लिएको प्रमाणित भएको छ ।

दावाले सुनभन्दा पहिला नागरिकता र राहदानीको तस्करी गर्ने गरेको खुलेको छ ।

काभ्रेबाट नेपालीका नाममा नागरिकता र राहदानी लिएका विदेशी नागरिकहरूमा दावा छिरिङ भनिने निमा तामाङ, पासाङ तामाङ, सोनाम लामा, तेन्जिङ गुरुङ, राम लामा र पछि फेला परेका तेन्जिङ सोनाम तामाङ रहेका छन् ।

उनले २०७८ असोज १९ गते जिल्ला प्रशासन कार्यालय काभ्रेबाट राहदानी लिएका हुन् ।

स्रोत : नेपाल समाचारपत्र
प्रकाशित मिति : ११ भाद्र २०८०, सोमबार ०८:४०