बिबिएस अध्ययनका लागि सबैभन्दा उत्कृष्ट गन्तव्य मानिन्छ, नेपालगन्जस्थित ‘कलेज अफ म्यानेजमेन्ट’ । स्थापनाको छोटो समयमै आफूलाई अब्बल र गुणस्तरीय कलेजका रुपमा दर्ज गराउन सफल ‘कलेज अफ म्यानेजमेन्ट’ पछिल्लो समय कक्षा १२ मा उत्कृष्ट नतिजा ल्याएर बिबिएस पढ्न चाहने विद्यार्थीको रोजाइमा परेको छ ।
विद्यार्थीको रोजाइमा ‘कलेज अफ म्यानेजमेन्ट’ नेपालगन्जको मात्रै नभएर पश्चिम नेपालकै उत्कृष्ट एकेडेमिक हवको रुपमा विकास भइरहेको छ । अब्बल व्यवस्थापन, चुस्तदुरुस्त टीम र विशेष एकेडेमीक व्यक्तिहरुबाट मात्रै सञ्चालित ‘कलेज अफ म्यानेजमेन्ट’ले बिबिएस अध्ययनका लागि छुट्टै पहिचान बनाउँदै एकेडेमीक हवको रुपमा विकास भइरहेको छ ।
सगरमाथा सेकेन्डरी स्कुलबाट कक्षा १२ मा ‘ए प्लस’ ल्याएकी सिवानी बढईले बिबिएस संकाय अध्ययनका लागि ‘कलेज अफ म्यानेजमेन्ट’लाई छनौट गरिन् । अन्य कलेजहरुको तुलनामा सिवानीलाई ‘कलेज अफ म्यानेजमेन्ट’ नै उत्कृष्ट लाग्यो । सिक्नका लागि वातावरण चाहिन्छ । सिवानीलाई कलेजमा भेट्टाएको त्यो वातावरणले उनमा सिकाइप्रतिको उत्प्रेरणा जागेको छ ।
जिभिएन सेकेन्डरी स्कुलबाट ‘ए प्लस’ नै ल्याएर कक्षा १२ उत्तीर्ण गरेकी बर्षा रायलाई पनि ‘कलेज अफ म्यानेजमेन्ट’को अब्बल र गुणस्तरीय शिक्षण सिकाईलाई तान्यो । बर्षा पनि यही कलेजमा बिबिएस अध्ययन गरिरहेकी छन् । ‘कलेज अफ म्यानेजमेन्ट’को शिक्षण सिकाईकै कारण विद्यार्थीको थप प्रतिभा पहिचान तथा प्रष्फुटन गर्न सहयोग पुग्ने गरेको छ ।
पढाईसँगै विद्यार्थीहरुलाई अतिरिक्त क्रियाकलापमा पनि बढी फोकस गरेको हुँदा विद्यार्थीहरुमा सिकाइप्रतिको उत्प्रेरणा जागेको छ । यहाँ ‘ए’ ग्रेड ल्याएर विभिन्न विद्यालयबाट कक्षा १२ पास गरेका सहिल राइन, रमेश गिरी, अभय जैसवाल, सुवाश बुढाथोकी, प्रविणा कुवर, महिमा थारु, अब्दुल अलिम, विनिता चलाउनी जस्ता अब्बल विद्यार्थीहरुको रोजाइमा परेको कलेज पनि हो ।
विषयवस्तु सहजरुपमा बुझ्न सक्ने गरी पढाइने कक्षामा विद्यार्थीहरुको उल्लेख्य सहभागिताले पनि कलेज सर्वोत्कृष्ट हुन सफल भएको छ । शिक्षा क्षेत्रमा भइरहेको विकास र परिवर्तनलाई मध्यनजर गर्दै नयाँ विकसित शिक्षण पद्धतिको प्रयोग गरी शिक्षामा व्यवहारिक दृष्टिकोण प्रयोग गर्दै आइरहेको ‘कलेज अफ म्यानेजमेन्ट’का प्रमूख मुना हमाल बताउँछिन् ।
‘आवश्यक पर्ने भौतिक पूर्वाधारहरु पनि थप्ने तयारीसँगै बिबिएस कार्यक्रमलाई प्रभावकारीरुपमा अघि बढाउँदै कलेजलाई एकेडेमीक हवको रुपमा विकास गरेर आफ्नो छुट्टै पहिचान बनाउने अभियानमा छौं,’ कलेज प्रमूख हमाल भन्छिन् । कलेजले सुविधा सम्पन्न र आधुनिक शिक्षाका सबै आयामलाई अवलम्बन गरेको शिक्षण सिकाईलाई अघि बढाएको उनले बताइन् ।
कलेज प्रमूख हमाल भन्छिन्, ‘व्यवहारिक र जीवनोपयोगी ज्ञानलाई प्राथमिकतामा राखेको यस कलेजले विद्यार्थीको सोच, चाहना, क्षमता र लक्ष्य अनुसारको शिक्षा प्रदान गर्दै आइरहेको छ ।’ उनका अनुसार त्रिभुवन विश्वविद्यालयसँग आबद्ध कलेजले गुणस्तरीय शिक्षा, करियर विकास, अनुशासन र विद्यार्थी केन्द्रित सिकाइ विधिहरूलाई बिषेश ध्यान दिँदै आएको छ ।
उत्कृष्ट गुणस्तरीय शिक्षा प्रदान गर्न शिक्षा क्षेत्रमा लामो समय योगदान गर्दै आएका ‘कलेज अफ म्यानेजमेन्ट’का विषयविज्ञ सञ्चालक र शिक्षकहरुका कारण विद्यार्थीहरु सिक्ने र सिकाउने कुरामा निकै उत्सुक देखिन्छन् । कलेजले विद्यार्थीको चौतर्फी विकासका लागि निरन्तर प्रयास गरिरहेको छ । यसले अहिलेका विद्यार्थीहरुको पहिलो रोजाइ ‘कलेज अफ म्यानेजमेन्ट’ नै हो ।
‘हामीले शैक्षिक प्रणाली सुहाउँदो शिक्षण सिकाइमा सहभागितामूलक तथा व्यवहारिक शिक्षा पद्धति अवलम्बन गरी अध्ययन अध्यापन गरिरहेका छौँ भने अर्कोतर्फ अनुभवी शिक्षकहरुबाट विद्यार्थीको मनोबल, हौसला र प्रोत्साहन बढाउन रचनात्मक र आधुनिक ज्ञानतर्फ उन्मुख हुँदै र गराउँदै अध्ययन अध्यापन गराउँदै आइरहेका छौँ,’ कलेज प्रमूख हमाल भन्छिन् ।
विद्यार्थीहरुका लागि कलेजमा अध्ययन गर्ने बाह्य र आन्तरिक दुबै वातावरण राम्रो रहेको कलेज प्रमूख हमालको दावी छ । कलेजको बाह्य वातावरण बलियो छ । शैक्षिक गुणस्तरका कारण आन्तरिक वातावरण पनि मजबुत नै भएकाले कक्षा १२ पछिको स्नातक तह बिबिएसका लागि ‘कलेज अफ म्यानेजमेन्ट’ अब्बल र सबैको रोजाइमा पर्ने गरेको छ ।
विद्यार्थीले ‘कलेज अफ म्यानेजमेन्ट’ नै किन रोज्ने ? कलेज प्रमूख मुना हमालको भनाई जस्ताको तस्तै :
मुना हमाल । क्याम्पस प्रमुख । कलेज अफ म्यानेजमेन्ट, नेपालगन्ज ।
वर्तमान अवस्थामा पारिवारिक वातावरणमा प्रयोगात्मक कक्षामा बढी जोड दिँदै परियोजना कार्यलाई बढीभन्दा बढी प्रभावकारी तुल्याउँदै अतिरिक्त क्रियाकलापलाई समेत प्राथमिकतामा राखेर पठनपाठन अगाडि बढाउने शैक्षिक संस्थाहरू कमै हुन्छन् । कथनी र करणीमा तालमेल नहुदा विद्यार्थी र अभिभावकहरु अन्योलमा परिरहनुभएको हुन्छ ।
त्यसमाथि गुणस्तरीय पठनपाठन र चर्को शुल्कको अवस्थाका कारण धेरै विद्यार्थी तथा अभिभावकहरु भौतारिरहनु भएको छ । यस्तो परिस्थितिमा हामीले ‘कलेज अफ म्यानेजमेन्ट’बाट यी र यस्ता खाले कुनै पनि कमी कमजोरीहरु हुन नदिने दृढताका साथ अघि बढिरहेका कारण अहिलेको विद्यार्थीहरुको पहिलो रोजाइ ‘कलेज अफ म्यानेजमेन्ट’ नै हुनुपर्छ भन्ने हाम्रो भनाइ हो ।
त्यसो त पछिल्लो समयमा नेपालमा गुणस्तरीय शिक्षा नहुँदा दिन प्रतिदिन उल्लेख्य संख्यामा युवा जमात बाहिरिरहेको तथ्यले देशको भविष्य नै अन्योलग्रस्त बन्दै गइरहेको छ । एक त व्यवसायीक एवं व्यवहारिक सीपयुक्त शिक्षामा राज्य उदासिन भइदिँदा देशमा कमाइको वातावरण नबन्दा आयआर्जनकै निम्ति भए पनि लाखौं विद्यार्थीहरु कक्षा १२ पछि विदेश पलायन हुन बाध्य भएका छन् ।
यो हाम्रो जस्तो विकासोन्मुख देशका लागि खतराको संकेत हो । अर्कोतर्फ यसरी दिनानुदिन लाखौं विद्यार्थीहरु बाहिरिदा उनीहरुको नामबाट बिहिरिएको स्वदेशी पुँजीले नेपाली अर्थतन्त्र खस्कदो अवस्थामा पुगेको छ । यो सबै अवस्थालाई अध्ययन गर्दा पुँजी पलायनको भयावह अवस्थालाई रोक्नका लागि राज्यको प्रभावकारी भुमिका खेल्न सक्नुपर्छ ।
तसर्थ नेपालको शिक्षा क्षेत्रमा देखापरेका प्रमुख समस्याहरुमा पाठ्यक्रम अनुसारको कार्यान्वयन नहुनु, विदेशी मोडलको अन्धाधुन्ध नक्कल गर्ने तर आफ्नो देशको बस्तुगत तथा आत्मगत अवस्थाको मुल्यांकन नगर्नु, राज्यले शिक्षामा गर्ने लगानी न्यून मात्रामा हुनु तथा मुल्यांकन प्रणाली आधुनिक, वैज्ञानिक एवं व्यवहारिक नहुनु जस्ता हुन् । यसतर्फ शैक्षिक क्षेत्रका अगुवाहरुले मात्रै होइन राज्यले नै गम्भीररुपमा सोच्नुपर्छ ।
सत्यपाटी संवाददाता । बाँके