सूचनाको शक्ति - The Power Of Information

        

कुखुरा चोरेको भनेर छिमेकीले कुट्दा बालकको मृत्यु

रुकुम पश्चिममा कुखुरा चोरेको भन्दै छिमेकीले कुटपिट गर्दा एक बालकको मृत्यु भएको छ । मुसिकोट नगरपालिका–४ ताङतुंगेका ९ वर्षीय भुवन विकको मृत्यु भएको हो ।

कुखुरा चोरेको आरोपमा स्थानीय रामबहादुर बुढाथोकीले शुक्रबार बालकलाई निर्घात कुटपिट गरेका थिए । जिल्ला प्रहरी कार्यालयका गम्भीर बिरामी भएका बालकलाई उपचारको लागि शनिबार बिहान जिल्ला अस्पताल सल्ले लगिएको थियो ।

अस्पताल लगेपछि स्वास्थ्यकर्मीले उनलाई मृत घोषणा गरेका थिए । कुटपिटबाट गम्भीर घाइते भएका बालकलाई दुई दिनसम्म उपचार नगरी घरमै राख्दा उनको अवस्था चिन्ताजनक बनेको प्रहरीले जनाएको छ । प्रहरीले बुढाथोकीलाई पक्राउ गरी कारबाही प्रक्रिया अघि बढाएको छ ।

प्रकाशित मिति : १० भाद्र २०८०, आइतवार १०:०२