सूचनाको शक्ति - The Power Of Information

        

१४ जना प्रहरी सम्पर्कविहीन

नेपाल प्रहरीले सम्पर्कविहीन भएका १४ जना प्रहरीलाई कार्यालयमा हाजिर हुन निर्देशन दिएको छ ।

प्रहरी प्रधान कार्यालयले आइतबार एक सूचना जारी गर्दै प्रहरी कार्यालय सहयोगीदेखि प्रहरी सहायक निरिक्षकसम्मका १४ जनालाई सात दिनभित्रमा हाजिर हुन निर्देशन दिएको हो ।

तोकिएको समयमा कार्यालयमा उपस्थित नभए नियमानुसार जागिरबाट हटाइने प्रहरी प्रधान कार्यालयले चेतावनी समेत दिएको छ ।

प्रकाशित मिति : १० भाद्र २०८०, आइतवार १०:००