सूचनाको शक्ति - The Power Of Information

        

पुरुषको तुलनामा महिलालाई तौल कम गर्न किन हुन्छ गाह्रो ?

पेटमा जमेको बोसो, छातीमा जमेको बोसो, खुट्टा, घाँटी लगायत कता कता जमेको बोसो । महिलाका लागि तौल कम गर्नु एकदमै गाह्रो विषय छ र कम गर्नका लागि पनि के के गर्नुपर्छ । कसैका लागि डाइट गर्न समस्या हुन्छ भने कसैका लागि कसरत गर्न पनि गाह्रो पर्छ । तर सोंचाई भने बढिरहेको तौललाई कसरी कम गर्ने भन्ने नै हुन्छ ।

के तपाईंले ख्याल गर्नुभएको छ ? जसरी पुरुषहरुको तौल छिटो कम हुन थाल्छ त्यसरी महिलाका लागि तौल कम गर्न अझै धेरै मेहनत गर्नुपर्छ । यहाँ भारतकी एक ट्रेनिङ विशेषज्ञ तथा डायटीशियन अन्जली मुखर्जीले यही विषयलाई लिएर केही कुराहरु साझा गरेकी छन् । उनका अनुसार कुनै पनि फिटनेस योजना महिला र पुरुषका लागि फरक ढंगले काम गर्दछ । यसको मुख्य कारण हाम्रो शरीरमा हुने परिवर्तन र हर्मोनले गर्दा हुन्छ ।

पुरुषको भन्दा महिलाको मेटाबोलिज्म कम हुन्छ

महिलाहरुको मेटाबोलिज्म एकदमै कम हुन्छ र यसको सीधा अर्थ यही हो कि उनीहरुलाई क्यालोरी बर्न गर्न धेरै समय लाग्छ । यही कारणले गर्दा महिलाहरुलाई तौल कम गर्न मुश्किल हुन्छ । उनीहरुलाई दिनभरको कामकाज गर्दा पनि कम क्यालोरी नष्ट हुन्छ । यसको सिधा असर तपाईं महिला तथा पुरुषको डाइटमै देख्न सक्नुहुन्छ ।

बोसो बन्ने तरिका

प्रायः हामी महिलापुरुषमा मोटोपन देख्यौं भने प्राय धेरै जसो बोसो तिघ्रा, कम्मर, ढाड, घाँटी, पेट आदिमा देखिन्छ । तर पुरुषहरुको शरीरमा धेरैजसो बोसो पेटको वरिपरि जम्मा हुन्छ ।

हिप तथा तिघ्राहरुको बोसो कम गर्न धेरै समस्या हुन्छ त्यसैले पनि उनीहरुलाई मोटोपन घटाउन धेरै समस्या हुन्छ । पुरुषहरुको एउटा समस्या के हुन्छ भने उनीहरुको पेटको बोसो बढ्यो भने मुटुसम्बन्धी विमारी वा मधुमेह हुने अत्यधिक सम्भावना हुन्छ ।

जैविक कारक

जसरी बोसो जम्ने ठाउँ फरक फरक हुनाले पनि यसलाई घटाउन समस्या हुन्छ । त्यसरी नै महिलाको तुलनामा पुरुषमा धेरै मांसपेशी हुन्छ जसले गर्दा उनीहरुको फ्याट बर्न छिटो हुन्छ । किनकी बोसो मसल्स बन्न थाल्छ ।

कसरी घटाउन सक्छन् महिलाले धेरै फ्याट

यस्तो पनि कदापी हुँदैन कि महिलाले स्वस्थ र फिट शरीर बनाउन सक्दैनन् । महिलाहरुलाई फिटनेसका लागि सही डाइट र शारीरिक व्यायाम दुबै जरुरी हुन्छ । आफ्नो शरीरलाई धेरै फिट राख्नका लागि तपाईंले कैयौं प्रकारका तरिका अपनाउनुपर्ने हुन सक्छ । महिलाका लागि एन्टीएजिंगका लागि जरुरी हुन्छ उनीहरुले आफ्नो फिटनेसको सम्पूर्ण ध्यान राखौं ।

कुनै पनि डाइटलाई राम्रोसँग अध्ययन नगरी, डाक्टरको सल्लाह नलिई गर्नु हुँदैन । किनकी कतिपय स्वास्थ्य अवस्थालाई हेरेर अपनाउनुपर्ने खालको डाइटहरु हुन्छ जसलाई गलत तरिकाले अपनाउँदा उल्टो असर पर्न सक्छ । पहिला आफ्नो शरीरलाई बुझ्ने कोसिस गर्ने कति गर्न सक्ने कति नसक्ने वा कति गर्न राम्रो हुन्छ त्यो सबै बुझेर मात्र डाइट र व्यायाम शुरु गर्नुपर्छ ।

तौल कम गर्नका लागि प्रोटिन, काब्र्स, गुड फ्याट सबै जरुरी हुन्छ र बिना विशेषज्ञको सल्लाहमा यदी तपाईंले डाइट परिवर्तन गर्नुहुन्छ भने यसले शरीरमा आवश्यक न्यूट्रिएन्ट्स नमिल्ने सम्भावना हुन्छ । जसले गर्दा तपाईंको तौल कम भए पनि अन्य स्वास्थ्य सम्बन्धी समस्याहरु आउन सक्छन् ।

स्रोत : एजेन्सी
प्रकाशित मिति : १० भाद्र २०८०, आइतवार ०७:५६