फ्रान्सका केही भूभागमा अत्यधिक गर्मीका कारण जनजीवन अस्तव्यस्त बनेको छ । युरोपमा केही समययता अत्यधिक गर्मीका कारण जनजीवन प्रभावित बनेको हो ।
गर्मी बढेसँगै स्वास्थ्य सुरक्षामा सतर्कता अपनाउन चेतावनी दिइएको छ । फ्रान्सका केही भूभागमा यतिबेलाको तापक्रम ४० डिग्री सेल्सियससम्म पुगेको छ । गर्मीले हुनसक्ने क्षतिलाई रोक्न १९ वटा फ्रान्सेली विभागहरू रेड अलर्टमा रहेका छन् ।
गर्मी उच्चस्तरमा पुग्ने भएसँगै होसियार हुन आग्रह गरिएको छ । स्वास्थ्य अधिकारीहरूले स्वास्थ्य सुरक्षाका लागि विभिन्न उपायहरू अपनाउन आग्रह गरेका छन् । बाहिरका गतिविधि नगर्न, आगोबाट बच्न र डढेलो लाग्न नदिने कुरामा सतर्क रहन अधिकारीहरूले आग्रह गरेका छन् ।
राष्ट्रिय मौसम विज्ञान निकाय मेटियो फ्रान्सका अनुसार यो यस वर्षकै धेरै गर्मी हो । गत सोमबार फ्रान्समा १९४७ पछिकै सबैभन्दा धेरै गर्मी भएको थियो । ड्रोमको न्योन्समा ४२.२ डिग्री सेल्सियसको उच्च तापक्रम मापन गरिएको थियो ।
सत्यपाटी संवाददाता । फ्रान्स