सूचनाको शक्ति - The Power Of Information

        

आज २०८० भदौ ९ गते शनिवारको राशिफल

२०८० भदौ ९ गते शनिवार, २६ अगस्ट २०२३ । शुद्ध श्रावण शुक्लपक्ष दशमी तिथि । मूल नक्षत्र । चन्द्रराशि धनु ।

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ

धर्ममा श्रद्धा र परोपकारमा मन जानेछ । गरेका कामबाट धेरैलाई फाइदा पुग्न सक्छ । आस मारेको काम बन्नाले उत्साह जाग्नेछ । सानो प्रयत्नले ठूलो काम बन्नेछ । सामाजिक काममा रुचि बढ्नेछ । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । विशेष योजनाहरू बन्नेछन् । व्यवसायमा लाभ हुनेछ । भाग्योन्नतिको समय छ । रोकिएको काम बन्नेछ र नयाँ काम थालनी हुनेछ ।

वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

कामको चाप बढ्नेछ भने शरीरमा कमजोरी तथा आलस्य अनुभूति हुनेछ । अस्वस्थताले काममा जुट्न नसकिएला । सामान्य काममा धन र श्रम खर्च हुनेछ । गोपनीयता बाहिरिनाले अप्ठ्यारो पर्न सक्छ । सहयोगीहरू पछि हट्नेछन् भने आफ्ना कमजोरीको फाइदा अरूले उठाउन सक्छन् । स्वास्थ्यका लागि व्यायाम तथा आहारविहारमा ध्यान पुर्याउनुहोला ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह

दिन लाभदायक र मनोरञ्जनपूर्ण रहनेछ । प्रियजनसँग रमाइलो भेटघाट हुनेछ । परिवेश उल्लासमय रहनेछ । व्यवसायले रमाइलो यात्रा गर्ने अवसर दिलाउन सक्छ । किनमेलमा केही खर्च हुनेछ । मिहिनेत गर्दा चिताएको काम सम्पादन गर्न सकिनेछ । प्रियजनसँग भेटघाट हुनुका साथै आतिथ्यपूर्ण सम्मान प्राप्त हुनेछ । आफन्तहरूको साथले नयाँ आशा जगाउनेछ ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो

रकम तथा भौतिक साधन जुट्नाले दिन उत्साहजनक रहनेछ । दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ । परिस्थितिसँग सम्झौता गर्नुपरे पनि प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ । प्रतिष्ठा जोगाउन सफल भइनेछ । मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ । बल तथा बुद्धिको उपयोगले अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ । लामो यात्राको प्रक्रिया अघि बढ्नेछ ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे

अध्ययनमा राम्रो उपलब्धि प्राप्त हुनेछ । बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ । प्रतिष्ठित काम सम्पादन गर्ने मौका छ । फाइदाको स्रोत पहिल्याउन सकिनेछ । प्रयत्न गरेका काम सजिलै सम्पादन हुनेछन् । सेवामूलक कामबाट धनलाभ हुनेछ । स्वास्थ्य सबल रहनेछ । पशुपालन तथा कृषि क्षेत्रबाट पनि राम्रो लाभ मिल्नेछ । सन्तान वा अनुयायीले साथ दिनेछन् ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो

हडबड गर्नाले काम बिग्रन सक्छ । साथीभाइ टाढिनेछन् भने अरूको फाइदाका लागि उपयोग भइएला । बेसुरमा वचन दिँदा अप्ठ्यारोमा परिएला । असंयम व्यवहारले समस्या निम्त्याउन सक्छ । परिस्थिति अलि प्रतिकूल रहला । पहिलेको निर्णय पुनर्विचार गर्नुपर्ने स्थिति आउन सक्छ । महत्त्वाकांक्षी योजना गोप्य राख्नुहोला । पशुधनबाट सामान्य लाभ उठाउन सकिनेछ ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते

आवश्यक पर्दा सहयोगीहरूले साथ दिनेछन् । रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ । शत्रुहरू परास्त हुनेछन् र प्रतिस्पर्धीलाई पछि पार्न सकिनेछ । आम्दानी बढ्नेछ । विगतका कर्मको उचित प्रतिफल पाइनेछ । कृषिमा सामान्य र व्यवसायमा राम्रो फाइदा उठाउन सकिनेछ । प्रशस्त धन आर्जन गर्ने मौका छ ।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु

वचन पुर्याउन नसक्ता अरूले आलोचना गर्न सक्छन् । आत्तिने बानीले बोलीको गलत अर्थ लाग्न सक्छ । हातमा आएको रकम अरूका लागि खर्चनुपर्ने हुन सक्छ । अरूको मुख ताक्ने बानीले आफ्नो काम अधुरो रहनेछ । शुभचिन्तकहरूको भावना बुझेर अघि बढ्नुहोला । तापनि मिहिनेतले सम्मानित स्थान दिलाउन सक्छ । बुद्धिले काम लिँदा योजना कार्यान्वयनमा आउनेछ ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

आफ्नो सूचना बाहिरिन सक्छ, गोपनीयतामा ध्यान पुर्याउनुहोला । अवसर प्राप्त भए पनि परिस्थितिवश काममा बाधा होला । बेसुरको निर्णयले समस्या निम्त्याउनेछ । आफ्ना कमजोरीमाथि गुनासो र टिप्पणी हुन सक्छ । तर प्रयत्न गर्दा स्थितिमा सुधार आउनेछ । दोहोर्याएर प्रयास गर्दा रोकिएको काम समेत बन्नेछ । सुन्दर पहिरनका साथ व्यक्तित्व निखार्ने अवसर प्राप्त हुनेछ ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि

बेलामा होस नपुर्याउँदा केही अप्ठ्यारा चुनौती आउन सक्छन् । फाइदाका पछि लाग्दा आफ्नै धनमाल गुम्न सक्छ । साथीभाइसँग पनि असमझदारी बढ्न सक्छ । खर्च बढ्नुका साथै आर्थिक अभाव देखा पर्ने समय छ । आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् भने सहयोग गर्नेहरू कमै भेटिनेछन् । अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला । धेरै लगानी गर्दा थोरै फाइदा हुनेछ ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द

प्रयत्न गर्दा आयस्रोत बढाउन सकिनेछ । व्यापारमा अड्किएको रकम उठ्नेछ । भविष्यका लागि केही लगानी बढाउन सकिनेछ । तर अवसरवादीहरूले आफ्ना कमजोरीको फाइदा उठाउन सक्छन् । आंशिक फाइदा भए पनि काम पूरा गर्न अनुमानभन्दा बढी लगानी र समय लाग्नेछ । लाभांश अरूका लागि खर्चनुपर्ला । सरसापटमा पनि रकम बाहिरिन सक्छ ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि

राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ । सामाजिक क्षेत्रमा नेतृत्व हातलागी हुनेछ । मेहनत गर्दा जीवनशैलीमा परिवर्तन आउनेछ । व्यापारमा पनि राम्रै फाइदा हुनेछ । काममा विशिष्ट व्यक्तिको सहयोग प्राप्त होला । प्रतिष्ठित काम गर्ने अवसर जुट्नेछ । अरूलाई प्रभावित पारेर दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ ।

प्रकाशित मिति : ९ भाद्र २०८०, शनिबार ०८:०८