सूचनाको शक्ति - The Power Of Information

        

अब १७ वर्षमै ड्राइभिङ लाइसेन्स !

फ्रान्स सरकारले सन् २०२४ मा १७ वर्ष उमेर पुगेकाहरुले ड्राइभिङ लाइसेन्स लिन पाउने घोषणा गरेको छ । यसअघि ड्राइभिङ लाइसेन्सका लागि न्युनतम उमेर १८ वर्ष रहेको थियो ।

यसले युवाहरुलाई राम्रो हुने सरकारको भनाइ छ । तर विज्ञहरुले भने यो उमेर कोही पनि व्यक्तिलाई स्वतन्त्र रुपमा सवारी चलाउन दिने उमेर हुन नसक्ने भन्दै चिन्ता व्यक्त गरेका छन् ।

सडक दुर्घटनामा १८ देखि २४ वर्ष उमेर समूहका युवाहरु बढी पर्ने गरेको कुरालाई मध्यनजर गरी फ्रान्सेली प्रधानमन्त्री एलिजावेथ बोर्नले ड्राइभिङ लाइसेन्स प्राप्तिका लागि आवश्यक मापदण्डहरुमा उच्चस्तरको ध्यान दिने प्रतिवद्धता जनाए ।

फ्रान्सका ड्राइभिङ प्रशिक्षक इसाक बेलिनले सबै ट्राफिक दुर्घटनाहरुको एक चौथाइ दुई वर्ष भन्दा कम ड्राइभिङ अनुभव भएका मानिसहरुका कारण हुने गरेको बताए । युवाहरुमा आत्मविश्वास बढाउनसके यस्ता दुर्घटना कम हुँदै जाने बताए ।

प्रकाशित मिति : ८ भाद्र २०८०, शुक्रबार ११:४६