सूचनाको शक्ति - The Power Of Information

        

महाकाली नदीको जलसतह सतर्कता तह पार

महाकाली नदीको जलसतहले सतर्कता तह पार गरेको छ । आज बिहान ८ः२० बजे महाकाली नदीको डडेलधुरास्थित पारिगाउँ जलमापन केन्द्रमा जलसतहले सतर्कता तह (५.८० मि.) पार गरेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । कञ्चनपुरको नदीतटीय क्षेत्रमा दिउँसोसम्मै सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

‘भदौ ८, बिहान ८ः२० बजे । महाकाली नदी डडेलधुरास्थित पारिगाउँ जलमापन केन्द्रमा जलसतहले सतर्कता तह (५.८० मि.) पार गरेकोले कञ्चनपुरको नदीतटीय क्षेत्र र डुबान भइरहने होचा स्थानमा रहनेहरूले दिउँसोसम्मै सतर्कता अपनाइराखौँ,’ बाढी पूर्वानुमान महाशाखाको सूचनामा उल्लेख छ ।

प्रकाशित मिति : ८ भाद्र २०८०, शुक्रबार १०:०७