सूचनाको शक्ति - The Power Of Information

        

समीक्षा अधिकारीले भनिन्, ‘म ब्ल्याक लिस्टमा परेको छैन’

गायिका समीक्षा अधिकारीले आफूलाई अष्ट्रेलियामा प्रवेश प्रतिबन्ध लगाइएको खबर झुटो भएको बताएकी छिन् । उनले बिहिबार फेसबुकमा एक पोष्ट लेख्दै स्पष्ट पारेकी हुन् । मंगलबारदेखि उनको अष्ट्रेलिया भिसा रद्द भएको खबर फेसबुक, टिकटक लगायतका सामाजिक सञ्जालमा फैलिएको थियो ।

उनले आफू भिसा ब्ल्याकलिस्टमा परेको खबर सरासर झुठो बताएकी हुन् । त्यस्तै आफू १८ वर्ष पुगिसकेकाले अभिभावकका लागि आवेदन नदिएकी समेत उनले लेखेकी छिन् । ‘म १८ बर्ष पुगिसकेकी छु । मैले गार्जियन एप्लाई गरेको छु भन्ने कुरा सरासर झुठो हो,’ उनले फेसबुक पोस्टमा लेखेकी छिन्, ‘यस्ता भ्रामक समाचारमा विश्वास नगरिदिनु हुन विनम्र आग्रह गर्दछु ।’

त्यस्तै आफ्नी दिदी अस्ट्रेलियाको नियममा रहेर त्यहाँ पढ्दै गरेको समेत समीक्षाले उल्लेख गरेकी छिन् । साथै भिसा निवेदन दिँदा केही कागजपत्र अपुग भएको र हाल पठाइसकेको जनाएकी छिन् । केही महिनाअघि साङ्गीतिक कार्यक्रममा लागि उनी अष्ट्रेलिया गएकी थिइन् । त्यसबेला उमेर कम भएकाले उनले अभिभावकको रुपमा आफ्नी दिदी लगेकी थिइन् ।

तर दिदी उतै बसिन् भने उनी मात्र नेपाल आइन् । फेरि अहिले अष्ट्रेलिया जान यसपटक भिसाका लागि आवेदन दिइन् । तर अघिल्लो पटकको वास्तविकता थाहा पाए पछि अष्ट्रेलिया दुतावासले भिसा रद्द गरेको थियो । उनले आजको पोस्टबाट आफूबारे फैलिएको यी खबर साँचो नभएको र यस पटक तीज कार्यक्रमका लागि अष्ट्रेलिया जान लागेकी बताएकी हुन् ।

 

प्रकाशित मिति : ८ भाद्र २०८०, शुक्रबार ०८:१९