सूचनाको शक्ति - The Power Of Information

        

प्रेस सेन्टर कोहलपुरद्वारा एक दर्जन सम्मानित

प्रेस सेन्टर नेपाल कोहलपुर नगर समितिको प्रथम वार्षिकोत्सव सम्पन्न भएको छ । कोहलपुरस्थित सहिद स्मृति भवनमा भब्यताका साथ प्रथम वार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको हो ।

नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा कोहलपुर नगरपालिका अभियान संयोजक दामा शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा विभिन्न अग्रज संचारकर्मिलाई सम्मान गरीएको छ । लामो समयदेखि संगठनमा आवद्ध रहि संगठनको बिकास र बिस्तारमा महत्वपूर्ण भुमिका खेलेका एक दर्जन अग्रजहरूलाई दोसल्ला ओढाएर सम्मान गरिएको हो ।

सम्मानित हुनेहरूमा प्रेस सेन्टर नेपालका केन्द्रीय सचिव सिराज खान, नीति तथा परामर्श समिति सदस्य सुशील लामिछाने, केन्द्रीय सदस्यद्वय शिव सुनार र डा. डक्ट प्रसाद धिताल, प्रदेश उपाध्यक्ष प्रदिप वाग्ले, प्रदेश सचिवद्वय आलम खान र गजेन्द्र गुरूङ, प्रदेश सदस्य हेमन्त चौधरी, पत्रकार महासंघ बाँकेका कार्यबहाक अध्यक्ष संगिन शर्मा, प्रेस सेन्टर नेपाल बाँके जिल्ला अध्यक्ष राजेश आचार्य, उपाध्यक्ष सीता वली र सचिव केपि घिमिरे रहेका छन् ।

कार्यक्रममा “स्व. दिप बहादुर स्मृति क्रियाशिल पत्रकारिता पुरस्कार–२०८०” बाट अनिता विश्वकर्मा पुरस्कृत भएकी छन् । प्रेस सेन्टर नेपाल कोहलपुर समितिका सचिव शुभाखर विश्वकर्माका दिवंगत बुवा दिपबहादुर विश्वकर्माको स्मृतिमा स्थापना गरीएको पुरस्कारबाट प्रेस सेन्टर नेपाल बाँकेकी कोषाध्यक्ष समेत रहेकी विश्वकर्मा पुरस्कृत भएकी हुन् ।

उनलाई कार्यक्रमका प्रमुख अतिथि दामा शर्माले पाँच हजार नगदसहित कदरपत्र प्रदान गरेकी थिईन् । त्यसैगरी कोहलपुर नगरपालिकाबाट पुरस्कृत भएका डिल्ली शाही र शुभाखर विश्वकर्मालाई समेत कदर पत्र प्रदान गरिएको थियो ।

प्रकाशित मिति : ७ भाद्र २०८०, बिहीबार १९:०५