सूचनाको शक्ति - The Power Of Information

        

कोहलपुर बितरण केन्द्रका कर्मचारीमाथि आक्रमण

बाँकेको कोहलपुरस्थित नेपाल बिद्युत प्राधिकरण कोहलपुर बितरण केन्द्रका कर्मचारीमाथि आक्रमण भएको छ ।

मंगलबार राती करिब ९ बजेको समयमा केन्द्रमा डयूटीमा खटिएका सिफ्ट इन्चार्ज फोरमेन लक्ष्मण केसीमाथि आक्रमण भएको हो ।

बितरण केन्द्रका अनुसार कोहलपुरका ग्राहकको एक समूहले गुनासोको बिषयलाई लिएर ३ वटा अटोमा कार्यालयभित्र प्रवेश गरि ड्यूटीमा खटिएका केसीमाथि आक्रमण गर्दै कुटपिट घाइते बनाएका छन् ।

घट्ना लगतै आक्रमण गर्ने व्यक्तिहरुलाई पक्राउ गरि कारबाहीको माग गरिएको छ । प्राधिकरण कर्मचारी कल्याण परिषदका दिनेश कुमार प्रधान, प्राधिकरण कर्मचारी युनियनका लिला प्रसाद वली, राष्ट्रिय कर्मचारी युनियनका रेशम कुमार थापा र आधिकारीक ट्रेड युनियन प्राधिकरण कर्मचारी संघका जय प्रकाश भण्डारीले संयुक्त बिज्ञप्ती जारी गर्दे दोषीलाई कारबाहीको माग गरेका छन् ।

प्रकाशित मिति : ७ भाद्र २०८०, बिहीबार १८:४६