सूचनाको शक्ति - The Power Of Information

        

बेलायतका मन्त्री, बीबीसीका पत्रकारसहित ५४ जनालाई रुस प्रवेशमा प्रतिबन्ध

रुसले ५४ बेलायती नागरिकलाई आफ्नो देश प्रवेशमा रोक लगाएको छ । बेलायतले रुसी नागरिक र उद्यमहरू विरुद्ध लगाएको प्रतिबन्धको प्रतिक्रिया स्वरूप उनीहरुलाई रुसले आफ्नो देश प्रवेशमा रोक लगाएको हो ।

रुसले शुक्रबार आफ्नो प्रतिबन्ध नीतिको पछिल्लो अपडेटमा व्यक्ति र संस्थाहरूलाई ‘युक्रेनी जेलेन्स्की शासनका गतिविधिहरूको प्रचार समर्थन’ र ‘रुसोफोबिक’ भएको आरोप लगाएको छ ।

प्रतिबन्धहरूको सूचीमा धेरै बेलायती सरकारका मन्त्रीहरू साथै सार्वजनिक प्रसारक बीबीसी, गार्डियन पत्रिका र डेली टेलिग्राफ पत्रिकाका पत्रकारहरू रहेका छन् ।

‘हामी फेरि जोड दिन चाहन्छौं कि लन्डनले रुस विरोधी प्रतिबन्ध फ्लाई व्हीललाई थप स्पिन गर्ने कुनै पनि प्रयासले अनिवार्य रूपमा हाम्रो पक्षबाट निर्णायक प्रतिक्रिया प्राप्त गर्नेछ,’ रुसी मन्त्रालयद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।

स्रोत : एजेन्सी
प्रकाशित मिति : ७ भाद्र २०८०, बिहीबार १०:१७