सूचनाको शक्ति - The Power Of Information

        

गिरीको निधनमा कांग्रेस बाँकेद्वारा शोक ब्यक्त

नेपाली कांग्रेस बाँकेले प्रजातान्त्रिक आन्दोलनका अथक योद्धा स्वर्गीय शिव गिरीकी आमाको निधनमा शोक ब्यक्त गरेको छ ।

नेपाली कांग्रेस बाँकेका सभापति नारायणप्रसाद गौडेलले आज एक शोक बक्तब्य निकालेर प्रजातन्त्र पुनर्वहालीका लागि पंचायती शासनविरुद्ध संघर्ष गर्ने क्रममा आजीवन कैदसहित सर्वश्वहरणको सजाय पाएका दाङ तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १२ कचिलाका नेपाली कांग्रेसका क्रान्तिकारी नेता स्वर्गीय गिरीकी आमा तथा नेपाली कांग्रेसका नेता एवम् लुम्बिनी प्रदेशसभाका निवर्तमान सांसद शंकर गिरीकी साइँली (सानी) आमा रेवता गिरीको श्रावण ३२ गते ८७ वर्षको उमेरमा भएको असामयिक निधनले दु:खी एवम् स्तब्ध बनाएको उल्लेख गरेका छन् ।

गौडेलले दिवंगत आत्माको चीर शान्तिको कामना गर्दै शोककूल परिवारजनमा गहिरो समवेदना प्रकट गरेका छन् । क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति पोषण केसीले पनि गिरीको निधनमा शोक ब्यक्त गरेका छन् ।

यसैबीच नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुन, नेपाली कांग्रेस बाँकेका सभापति गौडेल, लुम्बिनी प्रदेश सदस्य टेकनारायण भुषाल, क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति केसी लगायत नेताहरुले आज नेपालगन्ज-६ फूल्टेक्रास्थित घरमै पुगेर स्वर्गीय गिरीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन् ।

प्रकाशित मिति : ६ भाद्र २०८०, बुधबार १८:०९