सूचनाको शक्ति - The Power Of Information

        

वास्तुशास्त्र अनुसार जुत्ता चप्पल कसरी राख्ने ?

वास्तुशास्त्रमा हरेक कुरा राख्ने नियम छ, यसलाई निरन्तर पालना नगरे समस्यामा पर्न सक्छ । यी नियम पालना नगर्दा आर्थिक संकट, स्वास्थ्य सम्बन्धी समस्या, घरमा पारिवारिक कलह हुन सक्छ भनिन्छ । जुत्ताको सन्दर्भमा पनि यस्तै नियम छ । जुत्ता चप्पल सही ठाउँमा नराख्दा घरमा वास्तु दोष उत्पन्न हुन सक्छ ।

जुत्तालाई उल्टो नराख्नुहोस्

जुत्ता चप्पल कहिल्यै उल्टो राख्नुहुँदैन । वास्तु मान्यता अनुसार जुत्ता चप्पल उल्टो छरिएको ठाउँमा शनिदेवको अशुभ प्रभाव देखिन्छ । किनभने शनिको सम्बन्ध खुट्टासँग छ । त्यसैले खुट्टासँग सम्बन्धित चीजहरूलाई सही स्थानमा राख्नु शुभ हुन्छ ।

अव्यवस्थित हुन नदिनुहोस्

जुत्ता चप्पल भद्रगोल हिसाबले राख्दा घरमा नकारात्मक ऊर्जा उत्पन्न हुन्छ । त्यसैले तिनलाई घरको सही ठाउँमा राख्नुपर्छ ।

पुरानो जुत्ता

पुराना जुत्ता चप्पल भुलेर पनि घरमा राख्नुहुँदैन । यसो गर्दा घरमा नकारात्मक ऊर्जा प्रवेश गर्छ । त्यसैले वास्तु मान्यता अनुसार पुरानो जुत्ता चप्पललाई घरबाट पर्छ ।

भान्साको भित्ता

जुत्ता चप्पल भान्साको भित्ताको छेउमा राख्नुहुँदैन । तिनलाई घरको उत्तर, दक्षिण–पूर्व वा उत्तर–पूर्व दिशामा राख्न सकिन्छ ।

मुख्य गेटमा जुत्ता चप्पल

वास्तुको मान्यता अनुसार बाहिरबाट आउँदा जुत्ता चप्पललाई दक्षिण वा पश्चिम दिशामा राख्नुहुँदैन । यसबाहेक मुख्य गेटममै जुत्ता चप्पल उतार्नु पनि शुभ मानिन्छ ।

स्रोत : एजेन्सी
प्रकाशित मिति : ६ भाद्र २०८०, बुधबार १८:००