आध्यात्मको संसार ईश्वरको उपासनामा मात्र सीमित छैन यो कैयन् वैज्ञानिक महत्त्वका कुरासँग पनि गाँसिएको छ । उदाहरणका लागि निधारमा चन्दन लगाउँदा मस्तिष्क ठन्डा रहन्छ भने मन्दिरमा बालिने दियोले आसपासका किटाणु नष्ट हुन्छन् ।
यही कडीमा रुद्राक्ष पनि सामेल छ जसलाई मानिसहरु मन शान्त राख्न धारण गर्छन् । पुराणहरुमा उल्लेख भएअनुसार रुद्राक्ष भगवान् शिवको अंश भएका कारण शुद्ध हुन्छ । मनको शान्ति र रिसमाथि नियन्त्रणका लागि रुद्राक्ष धारण गर्ने सल्लाह दिइन्छ ।
रुद्राक्ष धारण गरेपछि यसलाई पवित्र राख्नु पनि उत्तिकै जरूरी छ । रुद्राक्ष धारण गरेर केही काम गरे यो अपवित्र हुने मान्यता छ र यसको परिणाम उल्टो पनि हुन्छ । त्यसैले यसको धारण सम्बन्धि केही नियम छन् जसको पालना अनिवार्य छ ।
यति बेला नलगाउनु रुद्राक्ष
धूमपानका साथै मदिरा सेवन गर्दा तथा मासु खाँदा रुद्राक्ष लगाउनु हुँदैन । यसको परिणाम नोक्सान दायक हुनसक्छ ।
सुत्दा पनि नलगाउनु
धार्मिक मान्यताअनुसार सुतेपछि शरीर अशुद्ध हुन्छ जसको असर रुद्राक्षको शुद्धतामा पनि पर्छ । त्यसैले सुत्नु पहिले रुद्राक्ष उतारेर मात्र सुत्नुपर्छ । रुद्राक्षलाई तकियामुनि राख्दा मन शान्त रहनुका साथै नराम्रो सपना पनि देखिँदैन ।
शवयात्राबाट परै होस् रुद्राक्ष
जानकारीको अभावमा केही मानिस रुद्राक्ष लगाएर शवयात्रा वा श्मशानघाट पुग्छन् । यसबाट रुद्राक्ष अशुद्ध हुन्छ जसको नकारात्मक असर यसलाई धारण गर्ने व्यक्तिको जीवनमा समेत पर्छ ।
नवजात शिशु र आमाबाट टाढै रहोस्
रुद्राक्ष लगाएर नवजात शिशु र सुत्केरी आमाको सम्पर्कमा जानु हुँदैन । त्यस्तो अवस्थामा रुद्राक्ष खोल्नुपर्छ । शिशुको नामकरणपछि भने यो नियम लागु हुँदैन ।
सत्यपाटी संवाददाता । काठमाडौं