सूचनाको शक्ति - The Power Of Information

        

`नाङ्गो गाउँ´ को ट्रेलर सार्वजनिक (भिडियो)

फिल्म ‘नाङ्गो गाउँ’को ट्रेलर सार्वजनिक गरिएको छ । राजनीतिक विषयमा केन्द्रित रहेको फिल्मको ट्रेलरमा दयाहाङ राई) र जरी लामा (शिशिर वाङ्देल)लाई प्रस्तुत गरिएको छ । निर्देशक लामा स्वयंको कथा, पटकथा र संवाद लेखन रहेको फिल्मका निर्माता जय श्रेष्ठ, प्रस्तुतकर्ता हिमाल शर्मा र कार्यकारी निर्माता रामहरि श्रेष्ठ हुन् ।

फिल्ममा साम्रागी आर एल शाह ,कर्मा शाक्य ,बुद्धि तामाङ, रवीन्द्र झा, विशाल पहारी, राज थापा, कमलमणि नेपाल, अंकित खड्का, पुष्कर गुरुङ आदिको पनि अभिनय रहेको फिल्ममा आलोक शुक्लाको छायांकन, एसडी योगी र दीपक शर्माको सङ्गीत, बनिष शाहको सम्पादन छ। फिल्म भदौ २९ गतेबाट प्रदर्शनमा आउँदै छ ।

प्रकाशित मिति : ५ भाद्र २०८०, मंगलवार १८:१३