सूचनाको शक्ति - The Power Of Information

        

नवनियुक्त प्रधानन्यायाधीश श्रेष्ठद्वारा पद तथा गोपनियताको सपथ

सर्वाेच्च अदालतका नवनियुक्त प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको पद तथा गोपनियताको सपथ गर्नु भएको छ ।

राष्ट्रपति कार्यालय शीतल निवासमा आायेजित एक समारोहकाबीच राष्ट्रपति रामचन्द्र पौडेलले श्रेष्ठलाई पद तथा गोपनियताको सपथ गराउनु भएको हो । संसदीय सुनुवाई समितिले श्रेष्ठको नाम सोमबार अनुमोदन गरेको थियो । श्रेष्ठलाई राष्ट्रपति पौडेलले हिजो सोमबनर नै प्रधानन्यायाधीशमा नियुक्त गर्नुभएको थियो ।

हरिकृष्ण कार्कीले प्रधानन्यायाधीशबाट गत साउन २० गते उमेरहदका कारण अवकाश लिएपछि सर्वोच्च अदालतका वरिष्ठ न्यायाधिश श्रेष्ठलाई संवैधानिक परिषदले सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा सिफारिस गरेको थियो ।

संसदीय सुनुवाई समितिले नामअनुमोदन गरेसँगै प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठलाई राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ । सपथ ग्रहरण समारोहमा उपराष्ट्रपति रामसहाय प्रसाद यादव, समामुख देवराज घिमिरे,प्रधानमन्त्री पुष्पकमल दाहाल लयायको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : ५ भाद्र २०८०, मंगलवार १८:०१