सूचनाको शक्ति - The Power Of Information

        

कम्बोडियन राजाद्वारा नयाँ संसदको समर्थन

कम्बोडियाका राजा नोरोदोम सिहामोनीले गत महिना सम्पन्न आम निर्वाचनपछि सोमवार नयाँ राष्ट्रिय सभाको पहिलो अधिवेशनको अध्यक्षता गर्नुभएको छ ।

निवर्तमान प्रधानमन्त्री सम्देच टेको हुन सेनको सत्तारुढ कम्बोडियन पिपुल्स पार्टी (सीपीपी) ले १२० संसदीय सिट जितेको छ । त्यस्तै प्रिन्स नोरोदम चक्रवुथको फनसिनपेक पार्टीले जुलाई २३ मा भएको सातौं आम भुनावमा ५ सिट मात्रै जित्न सफल भएको थियो ।

उद्घाटन समारहोमा विदेशी कुटनीतिज्ञ र देशका अन्तर्राष्ट्रिय संघसंस्थाका प्रतिनिधिहरुलाई पनि आमन्त्रण गरिएको बैठकमा १२५ सांसदहरु उपस्थित रहेका थिए ।

उद्घाटन सत्रलाई सम्बोधन गर्दै सिहामोनीले राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक दिगोपना सुनिश्चित गर्न र कानूनका आधारमा सुदृढ र आधुनिक राज्य निर्माण गर्न संसदले संविधानमा तोकेको दायित्व पूरा गर्ने विश्वास व्यक्त गर्नुभयो ।

राजाले सम्बोधनपछि राज दरबार फर्किनुअघि राष्ट्रिय सभाका निर्वाचित सबै सांसदहरुसँग सामुहिक तस्बिर खिच्नुभएको थियो । आज दिउँसो राज दरबारमा निर्वाचित सबै सांसदहरुले शपथ लिनुहुने बताइएको छ ।

हुन सेनका ज्येष्ठ पुत्र हुन मानेटको नेतृत्वमा नयाँ पाँच वर्षे कार्यकाल सञ्चालनका लागि विश्वासको मत लिने कार्यक्रम पनि रहेको छ । ४५ वर्षीय हुन मानेटले मंगलवार दिउँसो प्रधानमन्त्रीको शपथ लिनुहुनेछ ।

प्रकाशित मिति : ४ भाद्र २०८०, सोमबार १७:०८