सूचनाको शक्ति - The Power Of Information

        

सुधार केन्द्रबाटै १५० बढी बालबालिका भागेपछि…

भक्तपुरमा रहेको बाल सुधार केन्द्रबाट करिब एक सय बढी जना बालबालिका भागेका छन् । सोमबार दिउँसो उनीहरू सुधार गृहको ढोका फोरेर भागेको सुधार गृहले जनाएको छ ।

भागेकामध्ये केहीलाई नियन्त्रणमा लिन प्रहरी सफल भएको छ । खोजतलास अहिले पनि जारी रहेको प्रहरीले जनाएको छ । भित्र करिब तीन सय जनाजति रहेको बताइएको छ ।

आइतबार उक्त सुधारमा एक बालकको मृत्यु भएपछि उनका आफन्तले गेटमा प्रदर्शन गर्नुका साथै तोडफोड समेत गरेका थिए । १८ वर्षभन्दा मुनिका व्यक्तिलाई सजाय तोकिए उक्त सुधार केन्द्रमा राखिन्छ ।

प्रकाशित मिति : ४ भाद्र २०८०, सोमबार १६:२९