सूचनाको शक्ति - The Power Of Information

        

उपचुनावको तयारीमा जुट्यो निर्वाचन आयोग, कति पद रिक्त ?

प्रदेशसभा र स्थानीय तहमा रिक्त रहेका पदाधिकारी चुन्न निर्वाचन आयोगले उपचुनावको तयारी थालेको छ ।

देशभर १८ पदका लागि उपचुनाव गर्न सन्दर्भमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्कासँग छलफल गरेका छन् ।

भेटमा उपचुनावसँगै निर्वाचन सम्बन्धी कानूनबारे छलफल भएको जनाइएको छ । सुदूरपश्चिम प्रदेशको बझाङ प्रदेशसभा निर्वाचन क्षेत्र १ (१) र विभिन्न स्थानीय तहमा १८ पदमा उपचुनाव हुनेछ ।

कैलाली जिल्ला समन्वय समिति प्रमुख, दैलेखको महाबु गाउँपालिकाको अध्यक्ष, दोलखाको गौरीशंकर गाउँपालिकाको उपाध्यक्ष र विभिन्न स्थानका १५ वडाध्यक्षको पद रिक्त रहेको निर्वाचन आयोगले जनाएको छ ।

प्रकाशित मिति : ४ भाद्र २०८०, सोमबार १५:३५