सूचनाको शक्ति - The Power Of Information

        

सीआइबीले लियो माधव नेपाल र डा.बाबुराम भट्टराईसँग बयान

ललिता निवास प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा.बाबुराम भट्टराईसँग प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआइबीले बयान लिएको छ ।

स्रोतले दिएको जानकारीअनुसार सीआइबीले पूर्वप्रधानमन्त्रीद्वय नेकपा समाजवादीका अध्यक्ष नेपाल र समाजवादी पार्टी नेपालका अध्यक्ष भट्टराईकै निवासमा पुगेर बयान लिएको एसएसपी दिनेश आचार्यले जानकारी दिएका छन् ।

‘पूर्वप्रधानमन्त्रीद्वय नेपाल र भट्टराईकै निवासमा पुगेर बयान लिइएको हो,’ एसएसपी आचार्यले भने । यता पूर्वप्रधानमन्त्री भट्टराईले सामाजिक सञ्जालमार्फत ललिता निवास प्रकरणमा उठेका प्रश्नहरूबारे सत्यतथ्यको जानकारी दिएर आफ्नो कर्तव्य निर्वाह गरेको भन्दै सिआइबीलाई बयान दिएको बताएका हुन् ।

प्रकाशित मिति : ४ भाद्र २०८०, सोमबार ११:४७