सूचनाको शक्ति - The Power Of Information

        

सितापाइलामा बसभित्रै बालिका बलात्कृत

काठमाडौंको सितापाइलामा रोकिराखेको बसभित्रै एक बालिका बलात्कृत भएकी छन् । कक्षा ५ मा अध्ययन गर्ने बालिकालाई ५१ वर्षीय पुरुषले बलात्कार गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

बलात्कार आरोपमा नागार्जुनको भीमढुंगाका ५१ वर्षीय मनोज महर्जनलाई पक्राउ गरेर बलात्कारको मुद्दा चलाइएको छ । बसभित्र बलात्कार गर्दै गरेको बेला ती बालिकाका भाइले देखेपछि घटना बाहिर आएको थियो । यो घटना असार ३० गतेको हो ।

महर्जनले ती बालिकालाई बलात्कार गरेर कसैलाई नभन्नु भन्दै २५० रुपैयाँ समेत दिएका थिए । बलात्कार आरोपमा पक्राउ पर्ने महर्जन बसको समय हेर्न ‘टाइम किपर’को रुपमा काम गर्दै आएका व्यक्ति हुन् । उनीविरुद्ध अहिले जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता भएको छ ।

प्रकाशित मिति : ४ भाद्र २०८०, सोमबार ११:३७