सूचनाको शक्ति - The Power Of Information

        

आज २०८० भदौ ४ गते सोमवारको राशिफल

२०८० भदौ ४ गते सोमवार, २१ अगस्ट २०२३ । शुद्ध श्रावण शुक्लपक्ष पञ्चमी तिथि । चित्रा नक्षत्र । चन्द्रराशि कन्या, १५ः०६ बजेपछि तुला ।

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ

रोकिएका काम बन्नाले मनग्य लाभ हुनेछ । द्वेष वा ईर्ष्या गर्नेहरूले हार खानेछन् । चुनौती पन्छाएर काम बनाउन सकिनेछ । व्यापारलगायत आर्थिक लाभ हुने नयाँ योजना शुभारम्भ हुनेछ । आँट गर्दा ठूलै काम पनि सम्पादन हुनेछन् । साँझतिर नयाँ काम गर्ने अवसर जुट्नेछ । सहयोगीहरू प्रशस्तै भेटिनेछन् । बिछोडिएका परिवारजनसँग रमाइलो भेटघाट हुनेछ ।

वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

सुखद समाचारले उत्साह जगाउनेछ । अध्ययनमा प्रगति हुनेछ । तारिफयोग्य काम गर्दै धेरैको उपकार गर्न सकिनेछ । बुद्धिको उपयोगले लक्ष्य प्राप्त हुनेछ । बौद्धिक अभिव्यक्तिको प्रभाव बढ्नेछ । साँझतिर पुरानो समस्याले अलमल्याउन सक्छ । परिस्थितिवश काम रोकिन सक्छ । वादविवादमा अघि नसर्नुहोला । व्यवसायिक काममा केही खर्च लाग्न सक्छ ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह

हतारमा निर्णय लिँदा काम बिग्रन सक्छ । तत्कालको फाइदा हेर्दा पछिलाई समस्या पर्नेछ । बेसुरमा बोल्ने बानीले पनि दुःख पाइनेछ । अरूलाई दिएको वचन पूरा गर्न नसकिएला । साँझदेखि स्थितिमा सुधार आउनेछ । बौद्धिक कलाको प्रभाव बढ्नेछ । मिहिनेतले लक्ष्यमा पुर्याउनेछ । पहिलेको दुविधाले निर्णायक मोड लिनेछ । आम्दानीका स्रोत पनि बढ्नेछन् ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो

प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ । कर्मयोगले नयाँ मोड लिनेछ भने मिहिनेतले नाम, दाम र इनाम आर्जन गर्न सकिनेछ । उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ । गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ । साँझतिर भने केही सावधानी अपनाउनुपर्नेछ । आफन्त र साथीभाइसँग सन्तुलित व्यवहार गर्नुपर्ला । प्रक्रिया नमिल्नाले पनि काम दोहोर्याउनुपर्ला ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे

दिगो काम प्रारम्भ हुनाले आम्दानीका स्रोत बढ्नेछन् । नगद जुट्नाले दैनिकीमा परिवर्तन आउनेछ । अध्ययनमा प्रगति हुनुका साथै अनुभवलाई पनि निखार्ने अवसर प्राप्त हुनेछ । विभिन्न भौतिक स्रोत–साधन प्राप्त हुनेछन् । साँझतिर भने सहयोगीहरू पछि हट्नाले चिताएको काममा बाधा पुग्नेछ । प्रतीक्षित नतिजा कमजोर देखिनाले केही काम दोहोर्याउनुपर्ला ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो

इच्छाशक्ति बढ्नुका साथै कीर्तिमानी कामको यश लिने अवसर प्राप्त हुनेछ । समय फुर्सदिलो देखिए पनि रचनात्मक कार्य शुभारम्भ गर्न सकिनेछ । पारिवारिक जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ । सानो प्रयत्नले फाइदा उठाउन सकिनेछ । साँझतिर भने विवादास्पद काममा अलमलिनुपर्ला । पहिलेका समस्या दोहोरिनेछन् र खर्च बढ्नेछ ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते

सुरुमा खर्च बढ्नुका साथै अर्थअभावले सताउन सक्छ । फाइदाका लागि दोहोर्याएर प्रयत्न गर्नुपर्ला । अरूको विश्वासमा पर्दा धोका हुन सक्छ । टाढाका साथीभाइसँग सम्पर्क बढ्नाले यात्रा सम्भावना देखिन्छ । साँझतिर स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला । नतिजा सच्याउन काम दोहोर्याउनुपर्ला । परिस्थिति अनुकूल नभई नयाँ काम नथाल्नुहोला ।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु

आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् । प्रयत्न गर्दा दिगो काम प्रारम्भ हुन सक्छ । स्रोत–साधन जुट्नाले गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ । पेसा–व्यवसायमा मनग्य फाइदा हुनेछ । भौतिक साधनहरू प्राप्त हुनेछन् । साँझतिर खर्च बढ्नाले अर्थ संग्रहमा बाधा पुग्नेछ । सरसापट तथा कामविशेषले रकम बाहिरिन सक्छ । परिस्थितिजन्य समस्याले दुःख पाइनेछ ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

कीर्तिमानी कामको यश लिँदै लोकप्रियता हासिल गर्न सकिनेछ । आफ्नो क्षेत्रमा नाम र दाम कमाउने समय छ । शुभचिन्तकहरूको सहयोग जुट्नाले मनग्य फाइदा हुनेछ । कर्मयोगले आम्दानी समेत बढाउनेछ । मेहनतले आयआर्जनका नयाँ स्रोत फेला पर्नेछन् । साँझतिर व्यवसायमा लगानी बढाउनुपर्ने स्थिति आउन सक्छ । किनमेलमा अधिक खर्च हुन सक्छ ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि

अवसरवादीहरूले आफ्ना कमजोरीको फाइदा उठाउने चेष्टा गर्नेछन् । तापिन आजको मिहिनेतले भविष्यमा प्रतिष्ठा दिलाउन सक्छ । साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ । अरूलाई प्रभावित पारेर काम बनाउने समय छ । बुद्धिको उपयोगले काम सम्पादन हुनेछ । तर समयमा वचन पुर्याउन नसक्ता अरूले आलोचना गर्नेछन् । ईर्ष्या गर्नेहरूले दुःख दिनेछन् ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द

स्वास्थ्य कमजोर रहनाले काम पूरा गर्न समय लाग्नेछ । जिम्मेवारी बढे पनि न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने परिस्थिति देखिन्छ । आहारविहारमा विशेष ध्यान पुर्याउनुहोला । साँझदेखि स्थितिमा सुधार आउनेछ । तत्काल उपलब्धि प्राप्त नभए पनि सम्भावना खोजी गर्ने समय छ । रोकिएको काममा दोहोर्याएर प्रयत्न गर्नुहोला । पछि फाइदा हुने काम गर्न सकिनेछ ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि

सुरुमा रमाइलो यात्रा र मनोरञ्जनको आनन्द लिने समय छ । आतिथ्यपूर्ण सत्कार पाइने समय छ । प्रेम र मित्रताको बन्धन कसिनेछ । विभिन्न भौतिक वस्तुहरू जुटाउन सकिनेछ । तर आफन्तसँग सुमधुर सम्बन्धका लागि व्यवहारमा ध्यान पुर्याउनुहोला । साँझतिर स्वास्थ्यमा कमजोर रहनेछ । आफ्नै वचनबद्धता पालना गर्न नसकिएला । अरूका काममा समय बित्नेछ ।

प्रकाशित मिति : ४ भाद्र २०८०, सोमबार ०५:२९