आइतबार शेयर बजार २२ अंकले झरेर २ हजार ११ मा आएर थामियो ।
कारोबार थप खुम्चिएर डेढ अर्ब तलै सीमित रह्यो । सबै समूह राताम्मे रहँदा जलविद्युत समूहमा सबैभन्दा उच्च २ प्रतिशत बढीको गिरावट आएको छ ।
होटल समूहमा पनि २ प्रतिशत बराबरको गिरावट आउँदा बीमा, अन्य, व्यापार र उत्पादनमूलक समूहमा पनि डेढ प्रतिशत हाराहारीको कमी आयो । बाँकी पनि अधिकांश समूह दोहोरो अंकले ओरालो लागे ।
आइतबार नेपाल स्टक एक्सचेन्जमा २ सय ६९ कम्पनीको ४४ लाख ६० हजार कित्ता बराबर शेयर १ अर्ब ४५ करोड बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ । आइतबार १ सय ९० कम्पनीको मूल्य घट्दा जम्मा २९ को बढ्यो ।
आइतबार कृषि विकास बैंकको ऋणपत्र र अपर स्याङ्गे हाइड्रोका लगानीकर्ताले सबैभन्दा उच्च १० प्रतिशत बराबर गुमाए ।
सत्यपाटी संवाददाता । काठमाडौँ