आन्तरिक बजारमा तरकारी महँगिँदा भारतले प्याजको निर्यातमा ४० प्रतिशत शुल्क लगाएको छ । आइतबार भारतको अर्थ मन्त्रालयले तत्कालदेखि आउँदो डिसेम्बर ३१ सम्म लागु हुने गरी प्याजको निर्यातमा ४० प्रतिशत कर लगाएको हो ।
विश्वको सबैभन्दा ठूलो प्याज निर्यातकर्ता भारतले तोकेको भन्सार शुल्कले नयाँ दिल्लीको आउँदो निर्वाचनअघि स्थानीय मूल्य घटाउन मद्दत गर्ने ठानिएको छ । योसँगै भारतबाट आयात गर्ने नेपाल लगायत मुलुकलाई भने प्याचको मूल्यमा चर्काे भार पर्नेछ ।
‘निर्यातमा लगाएको शुल्कले भारतीय प्याज पाकिस्तान, चीन र इजिप्टको भन्दा महँगो हुनेछ । यसले स्वाभाविक रूपमा निर्यातमा कमी ल्याउनेछ र स्थानीय बजारमा मूल्य घटाउन मद्दत गर्नेछ,’ मुम्बईका एक निर्यातकर्तालाई उद्धृत गर्दै रोयटर्सले लेखेको छ ।
सत्यपाटी संवाददाता । काठमाडौं