सूचनाको शक्ति - The Power Of Information

        

भदौ ५ गतेसम्मलाई प्रतिनिधिसभाको बैठक स्थगित

सङ्घीय संसद अन्तर्गत आइतबार बस्ने भनिएको प्रतिनिधिसभाको बैठक स्थगित भइ भदौ ५ गते बस्ने भएकाे छ ।

आइतबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक बस्दै नबसी मंगलबारसम्मका लागि स्थगित भएको हो।

अर्को बैठक भदौ ५ गते दिउँसो ३ बजेका लागि बोलाइएको संसद सचिवालयले जनाएको छ ।

संसदको अवरोध हटाउने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहालले आइतबार सर्वदलिय बैठक राख्नुभएको थियो ।प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा बसेको आइतबारको बैठकमा कुनै निष्कर्ष ननिस्किएपछि सोमबार ४ बजे फेरि बैठक बस्ने गरी सकिएको छ ।

सुन प्रकरणमा उच्चस्तरीय छानबिन समिति माग गर्दै प्रमुख प्रतिपक्षी एमालेले साउन १० यता निरन्तर संसद अवरोध गरिरहेको छ।

प्रकाशित मिति : ३ भाद्र २०८०, आइतवार १५:५१