नेपालगञ्ज उद्योग बाणिज्य संघको निर्वाचन अन्तर्गत वस्तुगततर्फ स्वतन्त्र उम्मेदवार किशन गुरुङ विजयी भएका छन् ।
वस्तुगततर्फ २९ मत रहेकोमा स्वतन्त्र उम्मेदवार गुरुङ १६ मत ल्याई विजयी भएका छन् ।
त्यस्तै साझा प्रजातान्त्रिक प्यानलका हिमलाल पौडेल र विनय श्रेष्ठले समान १५÷१५ मत ल्याउँदै विजयी भएपनि उनीहरुले आधा–आधा कार्यकाल सम्हाल्ने निर्णय भएको छ ।
सत्यपाटी संवाददाता । बाँके