सूचनाको शक्ति - The Power Of Information

        

साहित्य

कविता : सिमाना

पृथ्वी
मानिसहरुको
फूूलबारी र मन्दिर हो

सिमाना
शासकहरुको
विभाजनकारी जन्जीर हो

धेरै बर्ष भयो ऊ भौंतारिएको
धेरै बर्ष भयो
उसले आफ्नो ठेगाना खोजेको ।

जब उसले आँखा देख्यो
जुुरुक्क उठेर हेरेको थियो दायाँ बायाँ
एकातिर फुुलेको थियो लालुुपाते
मनिसहरु पाखुुरामा विश्वासको हथौडा समातेर
गोढमेल गर्दै थिए झारपात

अर्कोतिर सेता बारुला खेदेर
रङ्गीन फूूल रोप्दै थिए मालीहरु
र उसले पनि आफ्नो ठेगाना खोज्न थाल्यो ।

उसले पनि सपना देख्यो
सेतो हिमालको फेदीमा उज्यालो बिहान
ऊ बाँचिरहेको
श्मशानजस्तो घरको अँध्यारो गुुफामा
उसले पनि बाल्यो एउटा झिल्को
चेतनाको आगो

र मृत्युु वरण गर्यो ।

मौनता, मौनता नै हो
उसले मौनता तोड्न खोज्यो

र मृत्युु वरण गर्यो ।

अँध्यारोको अर्थ पनि अँध्यारोनै हो
ऊ निकै बर्षदेखि मौन बसेको थियो
अँध्यारोमा
जव बाल्यो एउटा झिल्को
आँखामा चेतना
अनि उसले मृत्युु रोज्यो ।

अँध्यारोविरुद्ध गाइने
एक टुुक्का गीतको लयमा
उसले जीवन पायो
र ठेगाना गुुमायो

आज ऊ ईश्वर भएको छ
हरदिन सुुन्छ आफ्नो नामको भजन
हरदिन बज्छन् घण्टीहरु
टङ् टङ् टङ् टङ्् टङ्

हरदिन बज्छन् दमाहा र ढोल
ढ्वाङ ढ्वाङ ढ्वाङ

हरदिन गाइन्छ
सार्वभौम उसको नामको कीर्तन
श्रीकृष्ण हरे मुुरारे

आजकल ऊ ईश्वर भएको छ
उसको प्राणवन्त देह
महासिन्धुु रमण गर्दैछ
र खोल्दैछ
ईश्वर बनाएर ईश्वरकै नाममा सपथ खाने
र ईश्वरकै हुुर्मत लिएर
सिंहासनमा बस्नेको असली मुुकुुण्डो ।

प्रकाशित मिति : २ भाद्र २०८०, शनिबार १६:४६