सूचनाको शक्ति - The Power Of Information

        

कर्णालीमा भदौ ४ गते सार्वजनिक बिदा

कर्णाली सरकारले आगामी भदौ ४ गतेका लागि प्रदेशमा सार्वजनिक बिदा दिएको छ ।

कर्णाली प्रदेशको स्थापना, सहिद दिवस र नाग पञ्चमीका अवसरमा प्रदेश सरकारले बिदा दिएको हो ।

प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले शुक्रबार एक विज्ञप्ति जारी गर्दै कर्णाली प्रदेश प्राप्तीको आन्दोलनमा सहिद भएका व्यक्तिको सम्झनामा भदौ ४ गते प्रदेशमा सहिद दिवस समेत मनाइने जनाएको छ ।

कर्णाली प्रदेश स्थापनाको आन्दोलनका क्रममा सुर्खेतका यामबहादुर विसी, गोपालसिंह रजवार, टीकाराम गौतम र जुम्लाका हरिबहादुर कुवँरले ज्यान गुमाएका थिए ।

सोमबार प्रदेशका सबै सरकारी तथा सार्वजनिक संस्थानहरुमा सार्वजनिक बिदा दिइने छ । भदौ ४ लाई कर्णाली प्रदेश स्थापना दिवस मानेर सार्वजानिक विदा दिने २० चैत्र २०७९ मा बसेको प्रदेश मन्त्रीपरिषदको बैठकले निर्णय गरेको थियो ।

सोही निर्णय अनुसार बिदा दिइएको मन्त्रालयकी शाखा अधिकृत निर्माला रेग्मीले जानकारी दिइन् ।

प्रकाशित मिति : १ भाद्र २०८०, शुक्रबार १७:४०