सूचनाको शक्ति - The Power Of Information

        

रुकुम पश्चिममा दुई जनाको शव फेला

रुकुम पश्चिमका दुई स्थानमा दुई जनाको शव फेला परेको छ ।

मुसिकोट नगरपालिका–११ मा भलाक्चाका ५९ वर्षीय पिताराम नेपालीको र आठबिसकोट नगरपालिका–६ झोडेनीमा छिमीगाउँका आसे बोहराको शव फेला परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार दुवै शव सडेगलेको अवस्थामा फेला परेका छन् ।

घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी निरीक्षक एवम् सूचना अधिकारी विष्णुप्रसाद श्रेष्ठले जानकारी दिए ।

प्रकाशित मिति : १ भाद्र २०८०, शुक्रबार ०८:१३