सूचनाको शक्ति - The Power Of Information

        

सुदूरपश्चिममा आज ओल्के पर्व मनाइँदै

सुदूरपश्चिममा शुक्रबार ओल्के पर्व मनाइँदै छ ।

प्रदेशको महत्वपूर्ण पर्व भएकाले सुदुरपश्चि सरकारले शुक्रबार प्रदेशभरी सार्वजनिक बिदा समेत दिएको छ ।

आफूभन्दा ठूला र सम्मानित ब्यक्तिलाई सगुन तथा कोशेली दिएर यो पर्व मनाउने गरिन्छ । यस पर्वमा मान्यजन वा ज्येष्ठ नागरिकलाई सम्मानस्वरूप कर्कलाको पात, फलफूल आदि दिने, मीठो मसिनो खाने र हात–खुट्टामा मेहेन्दी लगाउने गरिन्छ ।

यस्तै, विवाहिता छोरीलाई माइती बोलाएर सेल रोटी, माणा, निसौसे, डुब्कीलगायतका मिष्ठान्न परिकार खुवाउने चलन पनि रहेको छ । सुदूरपश्चिममा आजकै दिन ‘बूढी हाल्ने’ चलन पनि छ ।

गाउँघर नजिककैो अग्लो ठाउँमा जम्मा भएर रूख बिरुवाका हाँगा र पातको थुप्रो बनाउँदै ‘बूढी हाल्ने’ गरिन्छ । साँझ त्यही थुप्रोमा लगाइने आगोलाई बुढी पोल्ने भनिन्छ ।

प्रकाशित मिति : १ भाद्र २०८०, शुक्रबार ०७:५०