सूचनाको शक्ति - The Power Of Information

        

देवत्वकरण गर्ने अभियानमा एमाले : ओलीबाहेक अन्यको फोटो राख्न बन्देज

नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई देवत्वकरण गर्ने अभियान थालेको छ ।

पार्टी एवं जनसंगठनद्वारा आयोजना हुने सार्वजनिक कार्यक्रममा पार्टी अध्यक्ष ओलीको फोटो नै अनिवार्य राख्नुपर्ने निर्णय एमालेले गरेको हो ।

गत सोमबार (२९ साउन) मा बसेको एमाले सचिवालय बैठकले पार्टी एवं जनसंगठनका सार्वजनिक कार्यक्रममा तीन अग्रजका अतिरिक्त पार्टी अध्यक्ष ओलीबाहेक अन्य कोही कसैको पनि फोटो प्रयोग गर्न नपाउने निर्णय गरेको हो ।

एमालेले अध्यक्ष ओलीलाई देवत्वकरण गर्ने किसिमको निर्णय गरेको भन्दै सामाजिक सञ्जालका साथै सोही पार्टीका नेताहरूले समेत आलोचना गरिरहेका छन् । पार्टीका अग्रज नेता पुष्पलाल श्रेष्ठ, मदन भण्डारी, मनमोहन अधिकारीका अतिरिक्त, कार्ल माक्र्स, लेलिनका साथै विश्व कम्युनिस्ट आन्दोलनका अन्य नेताहरूको फोटो राख्ने र कार्यक्रम गर्ने प्रचलन थियो ।

स्रोत :  राजधानी दैनिक
प्रकाशित मिति : १ भाद्र २०८०, शुक्रबार ०७:३१