सूचनाको शक्ति - The Power Of Information

        

केम्सन बाँकेको अध्यक्षमा पाण्डे, महासचिवमा बुढाथोकी चयन

रसायन तथा मेडिकल आपूर्ति संघ नेपाल (केम्सन) बाँके शाखाको अध्यक्षमा कृष्ण प्रसाद पाण्डे चयन भएका छन् ।

केम्सन बाँकेको पहिलो साधारण सभाबाट पाण्डेलाई सर्वसम्मत अध्यक्ष चयन गरिएको हो ।त्यस्तै संघको उपाध्यक्षमा रमेश रिमाल, विष्णुदेव बुढाथोकी सर्वसम्मत महासचिवमा चयन भएका छन् ।

कोषाध्यक्षमा रन्जित सिंह र सदस्यमा रामवीर शाही र गंगा पहाडी (बराल) चयन भएका हुन् भने यसपछि पाण्डे नेतृत्वको बाँके शाखाले एक जना सदस्य मनोनयन गर्नेछ ।

आज बिहानदेखि सुरु भएको संघको प्रथम साधारण सभाको उद्घाटन केम्सन नेपालका केन्द्रीय अध्यक्ष भक्तबहादुर हमालले गरेका थिए । सभामा विभिन्न जिल्लाका शाखा अध्यक्ष लगायतको उपस्थिति रहेको थियो ।

४२ साधारण सदस्य रहेको केम्सन बाँके शाखामा यसअघिको तदर्थ समितिको अध्यक्षमा पाण्डे रहेका थिए ।

प्रकाशित मिति : ३२ श्रावण २०८०, बिहीबार १९:००