सूचनाको शक्ति - The Power Of Information

        

कस्तो अवस्थामा पड्किन्छ ग्यास सिलिन्डर ?

सिलिन्डर तपाईं–हामी सबैले देखेकै छौँ । खाना पकाउने एलपी ग्यास सिलिन्डर धेरै मानिसको घरमै हुन्छ । हिजोआज खाना पकाउन अधिकांशले एलपी ग्यास नै प्रयोग गर्ने गरेका छन् ।

ग्यास र सिलिन्डरको प्रयोग गर्दा उच्च सावधानी अपनाउनुपर्छ । सम्भावित जोखिमबाट जोगिन ग्यास भरिएको सिलिन्डरलाई घामपानी, धुलो र उच्च ताप आउने स्थानमा राख्न नहुने नेपाल ग्यासले जनाएको छ ।

नेपाल ग्यासले सिलिन्डर साधारण अवस्थामा नपड्किने पनि जनाएको छ । सिलिन्डर विस्फोट हुन विशेष परिस्थिति सिर्जना हुनुपर्छ ।

नेपाल ग्यासका अनुसार अरू कारणबाट आगलागी भई बलिरहेको आगोको लप्कामा धेरै समयसम्म सिलिन्डर रहँदा तातिएर त्यसभित्र थेग्न नसक्ने चाप उत्पन्न हुन्छ, यस्तो अवस्थामा मात्र पड्कने सम्भावना हुन्छ ।

‘सिलिन्डर साधारण अवस्थामा पड्किँदैन । अन्य कारणबाट आगलागी भई जब सिलिन्डर बलिरहेको आगोको लप्कामा धेरै समयसम्म रहन्छ र सिलिन्डर तातिएर सिलिन्डरभित्र थेग्न नसक्ने चाप उत्पन्न हुन्छ, यस्तो अवस्थामा मात्र सिलिन्डर पड्कने सम्भावना हुन्छ,’ नेपाल ग्यासले भनेको छ ।

सिलिन्डरको प्रयोग गर्दा सावधानी अपनाउन पनि नेपाल ग्यासले सचेत गराएको छ । नेपाल ग्यासका अनुसार सिलिन्डरमाथि कुनै पनि किसिमको भाँडा, कपडा लगायत सामग्री राख्न हुँदैन ।

सिलिन्डरमा सधैँ एनएस तथा बीआइएस चिह्न भएको गुणस्तरीय रबर ट्युबको प्रयोग गर्नुपर्छ । हरेक दुई वर्षमा त्यो रबर ट्युब फेर्नुपर्ने नेपाल ग्यासले जनाएको छ ।

स्रोत : एजेन्सी
प्रकाशित मिति : ३२ श्रावण २०८०, बिहीबार १०:१२