सूचनाको शक्ति - The Power Of Information

        

१ लाख टन चामल माग्दै भारतलाई पत्राचार

सरकारले एक लाख ५५ हजार टन खाद्यान्न माग आपूर्तितका लागि भारत सरकारलाई पत्र पठाएको छ ।

भारतले बासमती बाहेक अन्य चामलको निर्यातमा प्रतिबन्ध लगाएपछि नेपाली बजारमा चामलको मूल्य बढ्नुका साथै आपूर्ति प्रभावित हुन थालेपछि भारतलाई पत्राचार गरिएको हो ।

वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले धान, चामल र चिनी खरिदका लागि भारतीय दूतावास मार्फत पत्र पठाइएको बताउनु भएको हो । पत्रमा एक लाख टन चामल, ५० हजार टन चिनी र ५ हजार टन धान आपूर्ति गरिदिन आग्रह गरिएको पनि उहाँले बताउनु भएको छ ।

भारत सरकारबाट पत्रको जवाफ भने आएको छैन । भारत सरकारले चामल निर्यातमा लगाइएको प्रतिबन्ध नेपालका लागि होइन भने पनि नेपाली बजारमा भारतीय निर्णयको प्रभाव परिसकेको छ ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनीसँग न्यूनतम ३ लाख क्विन्टल खाद्यान्न मौज्दात हुनु पर्नेमा अहिले ९५ हजार क्विन्टल मात्रै रहेको बुझिएको छ ।कम्पनीसँग हाल गहुँको भण्डारण शून्यमा रहेको बुझिएको छ ।

प्रकाशित मिति : ३२ श्रावण २०८०, बिहीबार ०९:३८