सूचनाको शक्ति - The Power Of Information

        

यसवर्ष झण्डै ९० प्रतिशत मात्र रोपाइँ

 देशभर यसवर्ष झण्डै ९० प्रतिशत मात्र रोपाइँ भएको छ ।

अघिल्लो वर्ष यही अवधिमा ९४ प्रतिशतसम्म रोपाइँ भएको थियो । देशभर १४ लाख ८८ हजार ४९ हेक्टरमा धान रोपाइँ हुन्छ । तर यसपालि झण्डै १३ लाख हेक्टरमा मात्रै रोपाइँ भएको छ ।

कृषि मन्त्रालयका अनुसार सबैभन्दा कम मधेस प्रदेशमा ७० प्रतिशत मात्रै रोपाइँ भएको छ । अब रोपाइँ हुन नसके धानको उत्पादन घट्ने र नेपालले गर्दै आएको धान/चामलको आयात थप बढ्नेछ ।

यसवर्ष धान रोपाइँ हुने क्षेत्रफल घटेको छ । विशेषगरी मधेस, बाग्मती र गण्डकीमा ढिला मनसुन शुरु हुँदा र पशुचौपायामा फैलिएको लम्पी स्किन रोगका कारण रोपाइँमा कमी भएको कृषि मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता सवनम शिवाकोटीका अनुसार यसवर्ष सबैभन्दा कम मधेसमा झण्डै ७० प्रतिशत रोपाइँ भएको छ ।

प्रकाशित मिति : ३२ श्रावण २०८०, बिहीबार ०९:१८