सूचनाको शक्ति - The Power Of Information

        

विरोधाभाषबिच थमौती प्रयास

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू निक्कै हताश भएको संकेत दिएका छ्न् ।

विभिन्न सञ्चारमाध्यमका सम्पादकहरूसँग उनले गरेको भनिएको संवादका क्रममा बाहिर आएका कुराहरूलाई नियाल्दा त्यस्तो निष्कर्ष निस्किन्छ । उनको ‘भावुक’ हुने स्वाभाविक बानी त छँदै थियो, यसपटक त साँच्चिकै भावुक भएको प्रदर्शन गर्न चाहेको पनि देखियो ।

यसक्रममा अत्यन्तै विवादास्पद हुनसक्ने तर गम्भीर अर्थ राख्ने अभिव्यक्ति दिन पनि उनी पछि परेनन् ।अर्थतन्त्रलाई लिएर उनको भनाइको सारांशमा जाने हो भने अर्थतन्त्र सुधारोन्मुख छ तर, गम्भीर अवस्थामा छ ।

चिन्ताजनक अवस्थामा रहेका भिआइपी बिरामीको स्वास्थ्य बुलेटिनमा अस्पतालहरू भन्ने गर्छन्, ‘स्वास्थ्यवस्था गम्भीर छ तर स्थीर ।’ प्रधानमन्त्रीको भनाइ पनि ठिक यस्तै छ ।

सम्भवतः यसभन्दा बढी सकारात्मक कुरा गर्ने अवस्था छैन होला । यस भनाइमा उत्साह छ अथवा उपचार गरिरहेका चिकित्सकलाई आफ्नो उपचार विधिबारे विश्वास छ सम्म भन्न पनि कठिन छ ।

उनले व्यक्त गरेका दुई उद्गारहरूबाट त स्वयं उनलाई ठूलो अप्ठेरो पर्नसक्ने देखिन्छ । ललिता निवास जग्गा काण्डमा पूर्वप्रधानमन्त्रीहरूलाई पनि छानबिनको घेरामा ल्याउन सकिने भन्ने सर्वोच्च अदालतको फैसलाप्रति उनी स्पष्ट रूपमा असन्तुष्ट देखिए ।

स्रोत :  राजधानी दैनिक
प्रकाशित मिति : ३२ श्रावण २०८०, बिहीबार ०८:१०