सूचनाको शक्ति - The Power Of Information

        

हलिउड कलाकार ड्यारेन केन्टको ३६ वर्षको उमेरमा निधन

‘गेम अफ थ्रोन्स’ शृङ्खलाका कलाकार ड्यारेन केन्टको निधन भएको छ। ३६ वर्षको उमेरमा केन्टको निधनले प्रशंसकहरूलाई दु:खी बनाएको छ।

ड्यारेन केन्ट लामो समयदेखि अस्टियोपोरोसिस, छालाको विकार र गठिया जस्ता रोगबाट पीडित थिए। दुर्लभ छालासम्बन्धी समस्या भएका कारण केन्टले धेरै समस्या सामना गरिरहेका थिए।

केन्टको मृत्युको पुष्टि गर्दै एक प्रसिद्ध एजेन्सीले लेखेको छ, ‘धेरै दु:खका साथ हाम्रा प्रिय साथी ड्यारेन केन्ट अब यस संसारमा छैनन् भन्ने जानकारी गराउन चाहन्छौं।’ उनको गत शुक्रबार निधन भएको हो।

‘गेम अफ थ्रोन्स’ मा एक भन्दा बढी भूमिकाहरू समावेश छन्, तर ड्यारेन केन्टले खेलेको स्लिभर्स बेको चरित्र निकै सशक्त थियो। अभिनय मार्फत्, ड्यारेनले प्रशंसकहरूमा विशेष छाप छाडेका थिए। उनले सन् २००८ मा हरर फिल्म ‘मिरर्स’ मार्फत् फिल्मी करिअर सुरु गरेका थिए।

यस बाहेक केन्ट ‘ब्लडी कट्स, ब्लड ड्राइभ, द फ्र्यान्केन्स्टाइन क्रोनिकल्स, मार्शल ल, स्नो ह्वाइट एन्ड द हन्ट्सम्यान एन्ड सरो’ जस्ता धेरै फिल्महरूमा काम गरेका थिए। उनी पछिल्लो पटक यस वर्षको फिल्म ‘डन्जियन्स एण्ड ड्र्यागन – अनर अमंग थिव्स’ मा देखिएका थिए।

प्रकाशित मिति : ३१ श्रावण २०८०, बुधबार १७:२५