सूचनाको शक्ति - The Power Of Information

        

कुखुरा पहिले कि अण्डा ? के अण्डा भेज हो ?

वर्षौंदेखि एउटा नसिकने बहस चलिरहेको छ, अण्डा पहिले कि कुखुरा ? यदि तपाईं कुखुरा पहिले भन्नुहुन्छ भने प्रश्न उठ्छ– पहिलो कुखुरा कुनचाहिँ अण्डाबाट निस्क्यो त ? यदि तपाईं पहिले अण्डा भन्नुहुन्छ भने सवाल उठ्छ, पहिलो अण्डा कुन कुखुराले दियो ? यो प्रश्न अनुत्तरित रहँदै आएको छ ।

अण्डालाई लिएर अर्को विवादित कुरा छ । मानिसको मथिंगल हल्लाइरहेको त्यो प्रश्न हो, अण्डा शाकाहारी कि मांशाहारी ? एकथरी भन्छन्, यो मांशाहारी हो । अर्काथरी भन्छन्, यो शाकाहारी हो । शाकाहारी मानिसले अण्डा खाने कि नखाने भन्नेबारेमा पनि धेरै विवाद भएको पाइन्छ । केहीले अण्डालाई शाकाहारी मानेर खाने गर्छन् भने कोही यसलाई मांशाहारी मानेर खाँदैनन् ।

तर्कवितर्क आ–आफ्नै किसिमले गर्न सकिन्छ । तर तथ्यले के भन्छ ? पहिले कुखुरा कि अण्डा? अण्डा मांशाहारी कि शाकाहारी? आउनुस् तथ्यमा रहेर कुरा गरौं । आजभन्दा करिब १५० मिलियन वर्षअघिको कुरा हो । धर्तीमा डाइनोसरको राज थियो । साना डाइनोसर, ठूला डाइनोसर, दौडिने डाइनोसर, उड्ने डाइनोसर । जताततै डाइनोसर ।

डाइनोसरको विकासक्रममा तिनको आकार सानो हुँदै गयो । जो उड्ने डाइनोसर थिए, तिनको आकार सानो हुँदै गएर चरामा रुपान्तरण भए । वैज्ञानिकहरुका अनुसार अहिले हामी जुन कुखुरा देखिरहेका छौं, यसको पुर्खा टिरेक्स जातको उड्ने डाइनोसर हो । अहिले पाइने सबैभन्दा ठूलो चरा अष्ट्रिचलाई नजिकबाट हेर्नुभयो भने डाइनोसरको ‘भाइब्स’ आउँछ ।

उड्ने हुन् वा दौडिने, सबै डाइनोसरले अण्डा पार्थे । यसको अर्थ अण्डाको अस्तित्व करिब १५० मिलियन वर्ष अगाडिदेखि छ । कुखुराको इतिहास भने करिब ३ हजार ५ सय वर्षको छ । अर्थात् डाइनोसर कुखुरामा परिणत भएको ३५ सय वर्षजति मात्र भयो । यो त्यही समय हो, जब मानिसहरुले दक्षिणपूर्वी एसियामा धान र कोदोको खेती गर्न थाले ।

यो देखेर नजिकको जंगलमा बस्ने एउटा जनावर आकर्षित हुन थाल्यो । त्यो जनावर अहिलेको कुखुराजस्तै देखिन्थ्यो । आफ्नो खेती खान आउन थालेको यो जनावरलाई मानिसले पाल्न थाले । कालान्तरमा यो अहिलेको कुखुरा बन्यो । अब भनिरहनु परेन, कुखुराभन्दा पहिले अण्डा । अब अर्को प्रश्नमा लागौं । अण्डा भेज कि ननभेज ?

जो ननभेज भन्छन् उनीहरुको तर्क छ, अण्डामा जीवन हुन्छ, यसबाट बच्चा निस्किन्छ । त्यसकारण यो भेज होइन । खासमा अण्डा दुई किसिमको हुन्छ । एउटा हुन्छ हेप्लोइड अण्डा जुनमा फिमेल सेक्सेल हुन्छ र यसबाट बच्चा निस्किँदैन । यो अण्डा पोथी कुखुराले भालेसँगको संसर्गबिना नै पार्छ । अक्सर हामीले खाने अण्डा यही हो ।

बच्चा नबन्ने अण्डालाई दूधसँग पनि तुलना गर्छन् कतिपयले । कुखुराको पोथीको ओभरीबाट निस्कनैबित्तिकै अण्डा निषेचित भयो भनेमात्रै त्यसमा जीवनको उत्पत्ति सम्भव छ, अन्यथा हुँदैन । अण्डा निषेचित हुन भाले र पोथीको संसर्ग हुन जरुरी छ । कुखुराको पोथीले भालेसँग संसर्ग नभए पनि अण्डा दिन्छन् ।

अर्को हुन्छ डाइप्लोइड अण्डा जुन भाले र पोथी कुखुराको संसर्गबाट निस्किन्छ र यसबाट बच्चा बन्छ । यसमा मेल र फिमेल दुवै सेक्सेल हुन्छ र यसलाई कोरलेपछि चल्ला निस्किन्छ । यस अर्थमा अण्डा भेज पनि हुन सक्छ ननभेज पनि । भारतको सर्वोच्च अदालतले अण्डा भेज हो कि ननभेज भन्ने विषयमा एउटा फैसला नै गरेको छ ।

धार्मिकस्थलमा अण्डा बेचेको भनेर परेको एउटा रिटमा सर्वोच्चले अण्डा भेज भएकाले बेच्न पाउने आदेश दिएको छ । पोषणको दृष्टिबाट हेर्ने हो भने अण्डा भरपूर पोषणयुक्त खानेकुरा हो । यसमा प्रोटिन पर्याप्त पाइन्छ । साथै भिटामिन ए, बी १२, बी ५, भिटामिन डी, सेलेनियम, आइरन, क्याल्सियम, जिंक, क्याल्सियम, एन्टिअक्सिडेन्ट आदिले भरिपूर्ण छ अण्डा ।

भिटामिन तथा खनिज अण्डाको पहेंलो भागमा हुन्छ र सेतो भागमा प्रोटिन हुन्छ । अण्डामा कोलेस्टेरोल अत्यधिक हुन्छ । एक अण्डामा लगभग २१२ मिलिग्राम कोलेस्टेरोल हुन्छ । कोलेस्टेरोल अत्यधिक हुने भएकाले यसको कम उपयोग गर्नु राम्रो मानिन्छ । काँचो अण्डाभन्दा उसिनेको अण्डा वा पकाइएको अण्डा धेरै फाइदाकारी हुन्छ किनभने यसबाट हाम्रो शरीरले धेरै मात्रामा पोषक तत्व प्राप्त गर्न सक्छ ।

अण्डा दुई रंगको हुन्छ सेतो र ब्राउन । कतिपयलाई लाग्छ, सेतो अण्डा राम्रो हो ब्राउनभन्दा । ब्रेड पनि त ब्राउन राम्रो हुन्छ सेतोभन्दा । अण्डाको सन्दर्भमा यस्तो हुँदैन । कुखुराको ब्रिडका कारण अण्डाको रंग फरक फरक हुन्छ । पोषणका हिसाबले दुवै अण्डा उस्तै हुन्छ ।

स्रोत : एजेन्सी
प्रकाशित मिति : ३१ श्रावण २०८०, बुधबार १७:२१