सूचनाको शक्ति - The Power Of Information

        

देशभरको गाडी भाडा बढ्यो, कुन ठाउँको कति ?

पेट्रोलियम पदार्थको मूल्य बढेसँगै देशभरको गाडी भाडा पनि बढेको छ । यातायात व्यवस्था विभागले एक–अर्को प्रदेशमा चल्ने सवारी साधनको गाडी भाडा बढाएको हो ।

साउन ३१ गतेदेखि लागू हुने गरी भाडा बढाइएको विभागले जनाएको छ । यात्रुबाहक सवारी साधनको भाडा ४.७० प्रतिशतले बढेको छ । सबैभन्दा बढी काठमाडौं–अत्तरिया हुँदै बझाङको चैनपुरसम्मको भाडा तीन हजार १५ रूपैयाँ पुगेको छ ।

यसअघि दुई हजार ८८० रुपैयाँ थियो । त्यस्तै, मालबाहक सवारी साधनको पनि भाडा बढेको छ। पहाडी क्षेत्रमा ६.१५ प्रतिशत र तराई क्षेत्रमा ६.८३ प्रतिशतले बढेको छ ।

कुन रुटको कति भाडा ?

प्रकाशित मिति : ३१ श्रावण २०८०, बुधबार १५:४६