सूचनाको शक्ति - The Power Of Information

        

लोक सेवा आयोगले माग्यो ३६० सवारी चालक

लोक सेवा आयोगले ३६० जना हलुका सवारी चालकका लागि दरखास्त आव्हान गरेको छ ।

आज एक सूचना जारी गर्दै आयोगले योग्यता पुगेका नागरिकहरूले आगामी भदौ १९ गतेभित्र आवेदन दिन सक्ने उल्लेख गरेको छ ।

दोब्बर दस्तुर तिरेर भने भदौ २६ गतेसम्म आवेदन दिन सकिनेछ । आवश्यक कागजपत्रसहित आयोगको अनलाइन दरखास्त प्रणालीमार्फत आवेदन दिन आग्रह गरेको छ ।

प्रकाशित मिति : ३१ श्रावण २०८०, बुधबार ०८:४३