सूचनाको शक्ति - The Power Of Information

        

कक्षा १२ को ग्रेड वृद्धि परीक्षा असोजमा

फाइल तस्वीर

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेड वृद्धि परीक्षा मिति तोकेको छ । गत वैशाख २६ गतेदेखि जेठ ५ गतेसम्म सञ्चालित परीक्षामा ननग्रेड ल्याउने विद्यार्थीका लागि आगामी असोज ६ र ७ गतेलाई ग्रेडवृद्धि परीक्षा मिति तोकिएको बोर्डले जनाएको छ ।

बोर्डका परीक्षा नियन्त्रक दुर्गा अर्यालका अनुसार दुई विषयसम्म नन ग्रेड ल्याएका १ लाख २३ हजार ३९६ जनाले ग्रेड वृद्धि परीक्षामा सहभागी हुन पाउने छन् । उनको भनाइमा एक विषयमा मात्र एनजी आउनेको संख्या भने ७९ हजार ५८४ जना रहेका छन् ।

कक्षा १२ को परीक्षामा सबैभन्दा धेरै अंग्रेजीमा ननग्रेड भएका छन् । सो विषयमा १ लाख ९ हजार ५२७ जनाको ननग्रेड भएका छन् । कक्षा १२ मा सबै विषयमा ३५ प्रतिशत अंक ल्याएमात्र ग्रेडेड वा उत्तीर्ण हुने व्यवस्था गरिएको छ ।

प्रकाशित मिति : ३१ श्रावण २०८०, बुधबार ०८:०३