सूचनाको शक्ति - The Power Of Information

        

ह्वात्तै बढ्यो पेट्रोलियम पदार्थको मूल्य, प्रतिलिटर कति पुग्यो ?

पेट्रोलियम पदार्थको मूल्य फेरि बढेको छ । नेपाल आयल निगमले स्वचालित मूल्य प्रणालीअनुसार भारतबाट मुल्य बढेर आएको भन्दै मंगलबार पेट्रोल र डिजेलको मूल्यवृद्धि गरेको हो ।

नेपाल आयल निगम सञ्चालक समिति बैठकले डिजेल र मट्टितेलमा प्रतिलिटर १४ र पेट्रोल लिटरमा ५ रुपैयाँले बढाएर मूल्य समायोजन गरेको निगमले बताएको छ ।

यो सँगै पेट्रोलको उपभोक्ता मूल्य प्रतिलिटर १७५ रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य १६४.५ रुपैयाँ प्रतिलिटर कायम भएको छ । समायोजन भएको मूल्य बुधबार रातिबाटै लागू भइसकेको छ ।

प्रकाशित मिति : ३१ श्रावण २०८०, बुधबार ०७:५३