२०८० साउन ३१ गते बुधवार, १६ अगस्ट २०२३ । अधिक श्रावण कृष्णपक्ष औंसी तिथि, १४ः०१ बजेपछि प्रतिपदा । अश्लेषा नक्षत्र, १७ः०७ बजेपछि मघा । चन्द्रराशि कर्कट, १७ः०७ बजेपछि सिंह ।
मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
हतारमा निर्णय लिँदा काम बिग्रन सक्छ । तत्कालको फाइदा हेर्दा पछिलाई समस्या पर्नेछ । बेसुरमा बोल्ने बानीले पनि दुःख पाइनेछ । हल्लाको विश्वास गर्दा धोका पाइनेछ । स्वास्थ्य कमजोर रहनाले अध्ययनमा ध्यान केन्द्रित नहुन सक्छ । आश्वासन दिनेहरूले झुक्याउन सक्छन् । उपलब्धिका लागि केही समय प्रतीक्षा गर्नुहोला । पछिका लागि काम गर्न सकिनेछ ।
वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
साहसी काम गरेर अरूको मन जित्न सकिनेछ । प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ । व्यावसायमा फड्को मार्न सकिनेछ । प्रतिपक्षीहरू समेत सहयोगी बन्नेछन् । रोकिएका काम बन्नुका साथै नयाँ काम प्रारम्भ हुनेछ । व्यापारमा प्रशस्त फाइदा हुनेछ । साँझतिर कामको मेसो नमिल्दा पछि परिनेछ । सहयोगीले साथ दिन छाड्नेछन् र काम बिग्रने भयले सताउनेछ ।
मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह
आफ्नै वचन पुर्याउन नसक्ता अरूले आलोचना गर्नेछन् । बोलीको गलत अर्थ लाग्न सक्छ । सञ्चित रकम खर्च हुनेछ । अरूको मुख ताक्ने बानीले पछि परिनेछ । शुभचिन्तकहरूको भावना बुझेर अघि बढ्नुहोला । साँझदेखि स्थितिमा सुधार आउनाले नयाँ कामतर्फ अग्रसर भइनेछ । व्यापार बढ्नाले धनलाभ हुनेछ । विभिन्न भौतिक साधन संग्रह गर्ने अवसर प्राप्त हुनेछ ।
कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
सुन्दर पहिरनका साथ व्यक्तित्व निखार्ने अवसर जुट्नेछ । आफन्तसँग भेटघाट हुनेछ । नयाँ कामको प्रस्ताव आउनेछ । तर सहयोगीहरूको भरपर्दा पछि परिएला । आगन्तुकहरूले अलमल्याउन सक्छन् । अवसर प्राप्त भए पनि भूलवश काममा बाधा होला । साँझतिर प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ला । आफ्ना कमजोरीमाथि टिप्पणी हुन सक्छ ।
सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
आकस्मिक खर्च बढ्नेछ भने आम्दानी कम हुनेछ । व्यवसायमा लगानी बढाउनुपर्ने स्थिति आउन सक्छ । यात्रा खर्चिलो र कष्टकर बन्न सक्छ । समयमा जुट्न नसक्दा आफ्नो काम रोकिन सक्छ । सम्भावना देखिए पनि उपलब्धि हातपार्न धेरै श्रम गर्नुपर्ला । प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ला । अवसर र व्यवधानका बीचबाट कर्मयोग अघि बढ्नेछ ।
कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
सञ्चित धनको उपयोग गर्नुपर्ने हुन सक्छ । तत्काल सोचेको लाभ भने नउठ्न सक्छ । व्यवहारमा शुभचिन्तकहरूको भावना बुझ्ने चेष्टा गर्नुहोला । व्यापारमा लगानीको जोहो गर्नुपर्ने समय छ । प्रयत्न गर्दा उठ्नुपर्ने रकम हातलागी हुनेछ । पेसा–व्यवसायमा कम फाइदा हुनेछ । साँझतिर धनमाल हराउने तथा आर्थिक हानि हुने समय रहेकाले सतर्कता अपनाउनुहोला ।
तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते
प्रयत्न गर्दा राम्रो उपलब्धि हातलागी हुनेछ । रोकिएको काम बन्नेछ । व्यापारमा प्रशस्त फाइदा हुनेछ । विशेष भेटघाट उपलब्धिमूलक रहनेछ । अरूलाई प्रभावित पारेर लाभ उठाउन सकिनेछ । मिहनेतले नाम, दाम र प्रतिष्ठा दिलाउनेछ । सामाजिक दायित्व हातलागी हुनेछ । साँझतिर व्यापार बढ्नेछ, आयस्रोत सबल बन्नेछ र उठ्नुपर्ने रकम हातलागी हुनेछ ।
वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु
पहिलेका कमजोरी बाहिर आउनाले प्रतिष्ठामा समस्या पर्ला । सम्भावना देखिए पनि सोचेको उपलब्धि प्राप्त नहुन सक्छ । आध्यात्मिक चेतनाले धर्मकर्म र सेवामूलक काममा प्रवृत्त गराउनेछ । जिम्मेवारी प्राप्त भए पनि उपलब्धिका लागि केही समय प्रतीक्षा गर्नुपर्ला । साँझतिर स्थितिमा सुधार आउनेछ । रोकिएका काम बन्नेछन् र पेसा–व्यवसायमा फाइदा हुनेछ ।
धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
स्वास्थ्य कमजोर रहनेछ भने काममा सोचेको नतिजा प्राप्त नहुनाले आर्थिक क्रियाकलापमा बाधा पुग्न सक्छ । गोपनीयता बाहिरिनाले लक्ष्यमा पुग्न अप्ठ्यारो पर्नेछ । तापनि मिहिनेत गर्दा केही काम बन्नेछन् । तत्काल उपलब्धि प्राप्त नभए पनि सम्भावना खोजी गर्ने समय छ । रोकिएको काममा दोहोर्याएर प्रयत्न गर्नुहोला । पछि फाइदा हुने काम प्रारम्भ गर्न सकिनेछ ।
मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
विभिन्न भौतिक वस्तुहरू जुटाउन सकिनेछ । किनमेलमा अधिक खर्च हुनेछ । अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला । आफ्नै कमजोरीले इष्टमित्र टाढिन सक्छन् । फाइदाका पछि लाग्दा सम्बन्ध बिग्रन सक्छ । समस्याप्रति गम्भीर नबन्दा अवसर गुम्न सक्छ । साँझदेखि अस्वस्थ शरीर लिएर काममा जुट्नुपर्ला । गोप्य सूचना बाहिरिनाले समस्या पर्नेछ, सजग रहनुहोला ।
कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द
प्रतिस्पर्धा गर्नुपरे पनि विभिन्न अवसर प्राप्त हुनेछन् । रोकिएको काम सम्पादन हुनेछ । भौतिक साधन जुट्नाले दिगो काम सुरु हुनेछ । परिस्थितिको अनुकूलताले प्रतिष्ठा जोगाउन सफल भइनेछ । शत्रु र रोग परास्त हुनेछन् । साँझतिर प्रियजनसँग भेटघाट हुनेछ । यात्राको प्रक्रिया अघि बढ्नेछ । पुरुषार्थी काम सिद्ध गर्ने समय छ । प्रेम र मित्रताको बन्धन कसिनेछ ।
मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ला । स्वास्थ्यका कारण अध्ययनमा जुट्न नसकिएला । अरूका लागि धन र बुद्धि खर्चनुपर्ला । आवश्यकता पहिचान गर्न नसक्दा काममा पछि परिनेछ । साँझदेखि स्थितिमा सुधार आउनाले नयाँ कामतर्फ अग्रसर भइनेछ । आम्दानीका स्रोत बढ्नेछन् । प्रतिस्पर्धामा विजयी भइनेछ । मिहिनेतले लक्ष्य प्राप्त हुनेछ ।
सत्यपाटी संवाददाता । काठमाडौं